मेस्सीको सानदार प्रदर्शनमा बार्सिलोनाको फराकिलो जित

कप्तान लियोनल मेस्सीले सानदार प्रदर्शन देखाएपछि कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा लेगानेसलाई ५-० ले पराजित गर्दै बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गत शनिबार भ्यालेन्सियासँग हारेको बार्सिलोनाले जित निकाल्दै प्रतियोगितामा कीर्तिमानी ३०औं पटक क्वार्टरफाइनलमा स्थान बनाएको हो।

नेउ क्याम्पमा भएको खेलमा एन्टिनियो ग्रिजम्यान र क्लिमेन्ट लेन्लेटले पहिलो हाफमा गोल गरेका थिए। त्यसपछि मेस्सीले बार्साको तेस्रो र पाँचौं गोल गरे। योसँगै उनले क्लबका लागि ६२३ गोल गरिसकेका छन्। अर्थरले बार्सिलोनाका लागि अर्को गोल गरे।

यो जित बार्सिलोनाको जर्सीमा मेस्सीको ५००औं समेत हो। योसँगै बार्सिलोनाले कोपा डेल रेको क्वार्टरफाइनलमा रियल मड्रिड, भ्यालेन्सिया, एथ्लेटिको बिल्बा‍ओ, भिल्ला रियल, रियल सोसिडाड, ग्रेनाडासँग स्थान बनाएको छ।

दु:खद खबर: दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा ३२ को मृ’त्यु

Previous articleन्युन चापीय प्रणालीकाे असर : फेरि बढ्याे वर्षा र हिमपातको सम्भावना
Next articleकार्यालय सहयोगीको आम्दानी ९ करोड !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।