अब विद्यालयअगाडि जेब्राक्रसिङ अनिवार्य

काठमाडौं । सरकारले विद्यार्थीलाई सडक पार गराउँदा दुईतिर कर्मचारी राख्नैपर्ने नियम लगाउने भएको छ । विद्यार्थीको सुरक्षाका लागि बिहान विद्यालय प्रवेश गराउँदा र साँझ घर पठाउँदा सडकका दुईतिर अनिवार्य रूपमा विद्यालयका कर्मचारी वा सुरक्षा गार्ड बस्नुपर्ने नियम लागू गर्न लागिएको हो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा केही दिनअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो नियम लागू गर्ने बताएका हुन् । राज्यमन्त्री मानन्धरले स्कुलअगाडि विद्यालय आफैंले जेब्राक्रसिङको संकेत बनाउनुपर्ने बताएका छन् । विद्यालय व्यवस्थापक तथा सम्बन्धित संघसंस्थासँग यस विषयमा छलफल भइरहेको उनले जनाए । विद्यालयअगाडि जेब्राक्रसिङ विद्यालय स्वयंले बनाउनुपर्ने राज्यमन्त्री मानन्धरको भनाइ छ ।

सौन्दर्य सहरअन्तर्गत विभिन्न विषयको चर्चा गर्दै मन्त्री मानन्धरले विद्यालयअगाडि जेब्राक्रसिङ राख्नुपर्ने र विद्यार्थीको सुरक्षाको हितका लागि सडकमा विद्यालयका कर्मचारी राखेर बाटो कटाइदिनुपर्ने बताएका हुन् ।

मुख्य सडकछेउमा रहेका विद्यालयमा जेब्राक्रसिङ नराखिएको पाइएको छ । जेब्राक्रसिङ नहुँदा दुर्घटनाको जोखिम उच्च हुने खतरा हुन्छ । अभिभावकले पनि विद्यालय परिसरको सडकमा जेब्राक्रसिङ राखिनुपर्ने आवाज उठाउँदै आएका छन् । विद्यालयले विद्यार्थीलाई सडक पार गराउँदा पनि जथाभावी रूपमा कटाउने गरेको आरोप लाग्ने गरेको छ ।

त्यस्तै, राज्यमन्त्री मानन्धरले धादिङको सल्यानटारमा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणपछिको अवस्थाको परिकल्पनासहित १७ किलोमिटरको पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक सहर निर्माणका लागि आवश्यक छलफल सुरु गरिएको जनाएका छन् ।

The post अब विद्यालयअगाडि जेब्राक्रसिङ अनिवार्य appeared first on Rajdhani Daily News.

उडान खुलेको हल्ला धेरै भो, खास खुल्ने चै कहिले देखि हो ? यस्तो आयो तालिका

Previous articleकोरोना भाइरस : इटालीमा एकै दिन २८ जनाको मृत्यु, ५ सय ८७ जनामा संक्रमण
Next articleटीभीएस ईपीएलको मुख्य प्रायोजक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।