पूर्वप्रशिक्षक दासानायके नेपाल आउँदै

राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके आगामी आइतबार नेपाल आउँदै छन्। भैरहवा ग्ल्याडियटर्सका प्रशिक्षक पुबुदु ट्यालेन्ट हन्टको लागि आइतबार बिहान नेपाल आइपुग्नेछन्।

आगामी फागुन २२ मा भैरहवामा हुने ट्यालेन्ट हन्टबाट पुबुदुले एभरेष्ट प्रिमियर लिग ईपीएलका लागि खेलाडी छनोट गर्नेछन्।

भैरहवाले गत भदौमा उनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो। शरद भेषावकर कप्तान रहेको भैरहवा गत वर्षको उपविजेता टोली समेत हो।

भैरहवाले वेस्ट इन्डिजका अलराउन्डर ड्वेन स्मिथलाई टोलीमा अनुबन्ध गरिसकेको छ।

भैरहवामा शरदसँगै, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमांशु दत्त छन्।
सन् २०११ मा नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका पुबुदुको प्रशिक्षणमा नेपालले डिभिजन ४, ३, २ को उपाधि जित्नुका साथै २०१४ को टि–२० विश्वकप पनि खेलेको थियो।

जुन विश्वकपलाई नेपाली क्रिकेटकै इतिहासकै सफलताको रुपमा लिइन्छ। नेपाल क्रिकेट संघ (क्यान) को आन्तरिक किचलोको कारण पुबुदु सन् २०१५ मा प्रशिक्षक छाडेर अमेरिका गएका थिए।

एभरेष्ट प्रिमियर लिग इपिएल आगामी चैत्र १ देखी १५ सम्म त्रिवि क्रिकेट मैदानमा हुँदै छ।

परदेशीका श्रीमतीले फेसनमा पैसा खर्च गर्नु हुँदैन (भिडियाे सहित)

Previous articleदिल्ली हिंसाः गुप्तचर विभागका कर्मचारी अंकित शर्माको हत्या
Next articleक्रिकेटर खड्का अग्नि ग्रुपको ब्रान्ड एम्बेसडर, पाए महिन्द्राकाे एक्सयूभी ३०० कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।