टीभीएस ईपीएलको मुख्य प्रायोजक

काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्रमुख प्रायोजकमा नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटसर्् रहने भएको छ ।

आयोजक ईपीएलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षको ईपीएल २०२० को प्रमुख प्रायोजक टीभीएस रहेको बताएको हो । यससँगै अब प्रतियोगिताको नाम ‘टीभीएस ईपीएल २०२०’ रहनेछ । नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्स्को तर्फबाट साहिल अग्रवाल र ईपीएलका प्रमुख आमीर अख्तरले सम्झौतापत्रमा आज एक समारोहबीच हस्ताक्षर गरे । सम्झौतापछि अग्रवालले ईपीएलको एक हिस्सा हुन पाएकोमा गर्व भएको बताउँदै नेपालको क्रिकेट खेललाई अर्काे उचाइ प्रदान गर्न यो प्रतियागिता सफल भएको बताए ।

त्यस्तै आमीर अख्तरले ईपीएलको यो संस्करणलाई साथ दिएकोमा जगदम्बा मोटसर््लाई धन्यवाद दिँदै यसरी अन्तर्राष्ट्रियस्तरको ब्रान्डसँग ईपीएलआबद्ध हुनुले प्रतियोगिताको प्रतिष्ठा अझ वृद्धि भएको बताए । ईपीएल आगमी चैत्र १ देखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा सुरु हुँदै छ । प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

The post टीभीएस ईपीएलको मुख्य प्रायोजक appeared first on Rajdhani Daily News.

मलेसियाको उडान जुन २७ तारिखबाट सुरु हुने

Previous articleअब विद्यालयअगाडि जेब्राक्रसिङ अनिवार्य
Next articleपुलिस च्याम्पियन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।