कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए :  प्रवक्ता श्रेष्ठ

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ ।

वाग्मती नगरपालिका–११ मा आजदेखि शुरु भएको प्रदेश नं २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा नेता श्रेष्ठले राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेर रही रहेको समयमा राष्ट्रिय एकता तथा भ्रातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

खेलाडीले देशको इज्जत, प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीलाई सम्मान गर्ने काममा नेपाल सरकार लागिपरेको उहाँले उल्लेख गर्नुभयो । नेता श्रेष्ठले सरकार देश विकासको काममा तीव्र गतिमा लागेको भन्दै देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने बताउनुभयो । उहाँले अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताउनुभयो ।

सो अवसरमा नेकपा सर्लाहीका इञ्चार्ज डाचाराज वाग्लेले मानवीय सङ्कटका रुपमा कोरोना भाइरसले जनजीवन त्रसित बनाएकोे बताउँदै राजनीति मुक्त खेल क्षेत्र बनाउन आग्रह गर्नुभयो । वाग्मती युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता चैत २ गतेसम्म चल्लेछ ।

प्रतियोगितामा दुई वटा विदेशी र १० सम्म १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले रु १० लाख र द्वितीय हुनेले रु पाँच लाख नगद पुरस्कार पाउने वाग्मती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिनुभयो ।

साभार : रासस

The post कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए :  प्रवक्ता श्रेष्ठ appeared first on Rajdhani Daily News.

रत्ननगर १६ मा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा सम्बन्धी वडा स्तरीय जोखिम विश्लेषण कार्यक्रम सम्पन्न

Previous article‘महिला सहभागिता सुनिश्चित गर्नुपर्छ’
Next articleभारतमा ३० व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।