रत्ननगर १६ मा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा सम्बन्धी वडा स्तरीय जोखिम विश्लेषण कार्यक्रम सम्पन्न

रत्ननगर १६ मा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा सम्बन्धी वडा स्तरीय जोखिम विश्लेषण कार्यक्रम सम्पन्न

निराजन घिमिरे, साउन १९, चितवन-  प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपका कारणबाट हुने क्षेतिको अवस्थालाई सामान्यतया विपद भन्ने गरीन्छ । यिनै विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चितवनको रत्ननगर-१६ मा “स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा सम्बन्धी वडा स्तरीय जोखिम विश्लेषण कार्यक्रम” सम्पन्न भएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र एशियाली विपद् पूर्व तयारी केन्द्रको प्राविधिक सहयोगमा रत्ननगर नगरपालिकाको नगर विपद प्रोफाइल र स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना निर्माण हुँदैछ । योजना निर्माणको लागि १६ वटै वडामा पुगेर छलफल तथा अन्तक्रिया गर्ने तालिका अनुरुप वडा नं. १६ मा पनि मंगलबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका सभापती समेत रहेका वडाध्यक्ष हेमराज थापाले विपद् व्यवस्थापन तथा पूर्वतयारी र क्षति न्यूनीकरणका लागि राज्यका संयन्त्र मात्रै पूर्ण नरहेकाले यसमा सबै पक्षको सहयोग र सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उहाँले योजनाको प्रभावकारी कार्यान्वयनका लागि समुदायले समेत दायित्व बोध गर्नेगरी कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उंहाले योजना बनाउन र सहि सुचना प्रदान गर्नको लागी सबै टोलविकास, संघसंस्था र सहभागीहरुलाई अनुरोध गर्नुभयो ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय विपद न्यूनीकरण केन्द्रका डाईरेक्टर सुरेश थापाले ‘ नेपाल भूकम्पको दृष्टिले जोखिमको ११औ स्थानमा, पानीजन्य विपदको दृष्टिले ३० औं स्थानमा र जलवायु परिवर्तनको कारणले चौथो स्थानमा रहेको उल्लेख गर्दै क्षती न्यूनीकरण तथा पुर्व तयारीको लागी वडा स्तरिय विपद तथा जलवायु उत्थानाशील योजना बनाउनको लागी राष्ट्रिय विपद न्यूनीकरण केन्द्रको प्राविधिक सहयोग रहने कुराको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं. १६ कि वडा सदस्य रिता वि.क ले स्वागत मन्तव्य दिनुभएको थियो भने वन वातावरण तथा विपद व्यवस्थापन शाखा रत्ननगरका प्रमुख विश्वास श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

https://ujyaalonepalnews.com/archives/15301

Previous articleरत्ननगर अस्पतालमा आइपुग्यो अक्सिजन प्लान्ट, पिसिआर मेसिन पनि तत्कालै आइपुग्ने
Next articleनेपालीहरु अब युएई जान पाउने; के के छन् शर्तहरु ? हेर्नुहोस् पूर्ण विवरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।