फागु नखेल्न कास्की प्रशासनको अनुरोध

कास्की प्रशासनले भीड जम्मा गरेर फागुपूर्णिमा (होली) नखेल्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

बुधबार मेला, सम्मेलन, सभा, समारोह आयोजना नगर्न अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार होलीको कार्यक्रमसमेत नगर्न सार्वजनिक सूचना जारी गरेको हो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्धारा जारी सार्वजनिक सूचनामा नेपाल विश्वभर फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको तथा नेपाल सरकारले भाइरसबाट जोगिन सचेतता अपनाउन आग्रह गरेको उल्लेख गर्दै भीडभाड हुने कार्यक्रममा नजान आग्रह पनि गरिएको छ।

यसैगरि, प्रशासनले फागुपूर्णिमाको अवसरमा कसैको स्वीकृतिबेगर रङ दल्न, लोला हान्न, भीडभाड र हुलहुज्जत गर्न, लागूपदार्थ सेवन गर्न पनि बन्देज लगाएको छ।

युएई फर्कन अनलाईन फारम भर्नु पर्ने, फारम भर्न के के कागजात चाहिन्छ? कसरी भर्ने ?

Previous articleपोखरामा लागुऔषध कारोबारी पक्राउ
Next articleएसईई परीक्षा सर्ने चर्चापछि शिक्षामन्त्रीले खोले मुख, यस्तो छ तयारी !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।