युएई फर्कन अनलाईन फारम भर्नु पर्ने, फारम भर्न के के कागजात चाहिन्छ? कसरी भर्ने ?
निराजन घिमिरे, साउन २०- यूएईको आवासीय भिसा भएकाहरूको लागि यूएई सरकारले भोलि अर्थात अगस्ट ५ देखि प्रवेश खुला गरेको छ । विभिन्न मापदण्ड र वर्ग छुट्टाएर यूएईले भोली देखि प्रवेश अनुमति दिने निर्णय गरेको हो । खोप लगाएका भ्यालिड रेसिडेन्सी भिसा भएका नेपाली नागरिकसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति दिने निर्णय युएई सरकारले गरेको छ । यूएई प्रवेश गर्नका लागि यूएईको आवासीय भिसा भएका र यूएईमा कोरोना विरुद्धको दुवै मात्रा खोप लगाई त्यसको प्रमाणपत्र लिएको हुनुपर्छ ।
तर युएई फर्कन विभिन्न मापदण्ड पुरा गर्नुपर्छ । अहिले युएई फर्कनको लागी एउटा अनलाईन फारम भर्नु पर्छ । जुन फारम पहिला नेपाल आउँदा भरेको सिसिएमसी फारम जस्तै हो । फारम भर्न यहाँ क्लिक गर्नुहोस् ! गुगल क्रोम (Google Chrome) वा फायरफक्स (Firefox) Web Browser बाट फारम भर्नुहोला किनकि ति ब्राउजरमा युएई सरकारको यो वेबसाईट राम्रो छिट्टै खुल्छ ।
फारम भर्नको लागी स्क्यान गरेर तयार गर्नुपर्ने कागजातहरु
- पासपोर्टको स्क्यान कपि
- आफ्नो पूर्ण अनुहार देखिने फोटो कम्तिमा 600×600 देखि 1200×1200 पिक्सलको ( वर्गाकार )
- ४८ घण्टा भित्रको पिसिआर रिपोर्ट
- कोभिड भ्याक्सिन लगाएको प्रमाणपत्र ( अनिवार्य नभएको )
अन्य आवश्यक कुराहरु
- चालु अवस्थाको ईमेल ( फारम भरिसकेपछी त्यसैमा QR Code आउनेछ )
- युएईको मोबाईल नम्बर
- पुरा नाम
- जन्म मिति
- पासपोर्टको विवरण ( जारी मिति/ म्याद सकिने मिति/ पासपोर्ट नम्बर आदी)
- कुन भ्याक्सिन लगाएको त्यसको जानकारी
माथिको लिंकमा क्लिक गरेपछि खुले वेबसाईटमा एउटा फारम छ । त्यसको सुरुमा अंग्रेजीमा आफ्नो नाम लेख्नुहोला । दोश्रोमा अरबिकमा नाम लेख्नुस भनेको छ, त्यसमा केहि गर्नु पर्दैन किनकि माथिल्लोमा अंग्रजीमा नाम लेखिसकेपछि तल्लोमा अरबिकमा आफै आउनेछ । त्यसपछि लिंग, जन्म मिति, जन्म स्थान, युएई पुग्ने मिति, उत्रने एअरपोर्ट, यात्रा सुरु हुने देश , ईमेल लगायत विवरण राम्रो संग भर्नुहोला ।
त्यसपछि पासपोर्टको विवरण, युएईमा आफु रहने स्थानको ठेगाना र भ्याक्सिनको विवरण ठिक संग भर्नुहोला । अन्त्यमा पासपोर्ट, आफ्नो फोटो, पिसिआर रिपोर्ट, भ्याक्सिन प्रमाणपत्र लगायत आफुले स्क्यान गरेर राखेको डकुमेन्ट अपलोड गर्नुहोला । याद राख्नुस फाईल साइज २ एमबी भन्दा बढी हुनुहुँदैन । jpeg, .jpg, .pdf फर्म्याटका फाईल मात्र अपलोड गर्न मिल्छ । सम्पूर्ण विवरणहरु निकै साबधानपुर्वक भर्नुहोला । * स्टार चिन्ह लगाईएका ठाउँमा अनिवार्य रुपमा विवरण भर्नुहोला ।
अन्त्यमा, I declare that all the information and attachment(s) are correct, and I will adhere to all the instructions and procedures issued by the health authorities in the United Arab Emirates. I will take full legal responsibility in the event that the information and/or the attachment(s) are incorrect or not adhering to the official instructions and procedures. भनेको ठाउँमा √ चिन्न लगाएर Send बटनमा क्लिक गर्नुहोला । अब तपाइको ईमेलमा QR कोड सहितको म्यासेज आउनेछ ।
https://ujyaalonepalnews.com/archives/15316


