नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, सात विद्यार्थीले ल्याए ४ जीपीए

Click Image

चितवन : २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनको भरतपुरस्थित नारायणी नमुना माविबाट ७ जनाले ४ जीपीए ल्याएका छन्। नारायणीबाट ३ सय ६८ जनाले एसईई दिएकामा ७ जनाले ४ जिपिए ल्याएका हुन् ।

यस्तै २ सय ६५ जनाले ३.६ देखि ४, ८४ ले ३.२ देखि ३.६ जिपिए, १० जनाले २.८ देखि ३.२ जिपिए ल्याएको विद्यालयले जनाएको छ ।

यस्तै एक जना विद्यार्थी मात्रै ‘नन ग्रेडेड’ छन् । नारायणी माविले वर्षेनी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यालयमा ३६०० विद्यार्थी अध्ययनरत छन ।

Previous articleचितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते
Next articleरत्ननगरका सामुदायिक विद्यालयको एसईई :जनजागृति शीर्षमा, द्वारीकादास कमजोर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।