चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते

Click Image

१३ असार, चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारत बिहारका ४५ वर्षीय जगदेव यादव छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशामा रहेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्एिका हुन् ।

दुर्घटनामा घाइते ट्रकका सहचालक प्रजाको चितवन मेडिकल कलेजमा र ग्यास बुलेट चालक यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Previous articleरत्ननगर १२ मा नसर्ने रोग तथा क्यान्सर रोगबारे सचेतना कार्यक्रम
Next articleनारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, सात विद्यार्थीले ल्याए ४ जीपीए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।