धनकुटामा बस दुर्घटना, २५ भन्दा बढी घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धार गरेर अस्पताल पठाउने क्रम जारी रहेकाले घाइतेको संख्या यकिन हुन बाँकी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । घाईतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।

The post धनकुटामा बस दुर्घटना, २५ भन्दा बढी घाइते appeared first on Rajdhani Daily News.

बिदामा घर गएका विदेशी कामदार समयमै नफर्किए साउदी प्रवेशमा ३ वर्ष प्रतिबन्ध

Previous articleनेपाललाई रक्सीमुक्त बनाऔँ, कोरोना भाइरसबाट जोगिन सजगता अपनाऊँ : सांसद चौधरी
Next articleठूलो परिमाणमा लागूऔषधसहित श्रेष्ठ पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।