चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन। पूर्वी चितवनको मध्यवर्ती कुमरोज सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट एक स्थानीय पुरुषको मृत्यु भएको छ। मृतक खैरहनी नगरपालिका–१३ सिमरेनी निवासी अन्दाजी ६० वर्षीय मगर बुढा रहेका छन्।

स्थानीय पत्रकार रामेश्वर रिजालका अनुसार मगर बुढा बिहान घाँस काट्न जंगल गएका थिए। त्यही क्रममा बाघले आक्रमण गर्दा घटनास्थलमै उनको ज्यान गएको हो। मृतकको शव अझै पनि जंगलमै रहेको र बाघ छेउमै बसिरहेको जानकारी उनले दिएका छन्। शव उद्धारका लागि प्रहरी टोलीसहित हात्तीसमेत परिचालन गर्ने तयारी गरिएको छ ।

कुमरोज क्षेत्रमा पनि यस्ता बाघ लगायतका जंगली जनावरको आक्रमणबाट स्थानीयको मृत्यु हुने घटना दोहोरिँदै आएका छन्।

Previous articleकालिकाको आव २०८१-०८२ को बजेट : ७६.७३ प्रतिशत खर्च
Next articleरत्ननगर–१६ को वार्षिक खर्च विवरण सार्वजनिक ९९.८८ प्रतिशत योजनाहरु सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।