बाल्टिको पानीमा डुबेर भरतपुरमा एक वर्षीया बालिकाको मृत्यु

चितवन, ६ वैशाख । चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ प्रगति टोलमा आफ्नै घरमा राखिएको पानीको बाल्टिमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय शिव बहादुर वि.क. की करिब १ वर्षीया छोरी समृद्धि वि.क. आईतबार दिउँसो ३:०० बजेको समयमा घरमै खेलिरहेका बेला पानी भरिएको बाल्टिमा डुबेकी थिइन्। उनलाई बाल्टिमा डुबिरहेको अवस्थामा आमाले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याए लगत्तै चिकित्सकहरूले उपचार सुरु गरे तापनि दिउँसो १५:४१ बजे बालिकालाई डाक्टरले मृत घोषणा गरेका थिए।

Previous articleरवि लामिछानेको मुद्दामा चितवन अदालतले दियो वारेस सुविधा
Next articleबकैया खोलामा डुबेर एकजनाको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।