एपीएफलाई पराजित गर्दै झापा–११ आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा–११ फुटबल क्लब, पोखरामा जारी आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा शुक्रबार भएको प्रि–क्वार्टरफाइनलमा झापा–११ ले टाइब्रेकरमा ५–३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।

निर्धारित ९० मिनेटमा कुनै पनि गोल भएन। अतिरिक्त समयमा समेत १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

झापाका लागि अतिरिक्त समयको दोस्रो हाफमा सुनिल खड्काले विजयी गोल गरे। उनले २१औं मिनेटमा गरेको भली प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउन सकेनन्। सुनिलले अभिषेक गुरुङको क्रसलाई पहिलो टचमा नै पेनाल्टी क्षेत्रभित्र गोलमा परिणत गरे।

अतिरिक्त समयको अन्तिम मिनेटमा एपीएफले बराबरी गोल फर्कायो। प्रविन स्याङ्तानको क्रसमा आकाश बुढामगरको हेडर क्रसबारमा लाग्दै मैदानमा फर्कंदा झापाका गोलरक्षक राजकुमार लिम्बुले बचाउन खोज्दा गोलमा परिणत भयो।

सेमिफाइनल प्रवेशका लागि झापा–११ ले आइतबार मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा शनिबार नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबको सामना गर्नेछ।

क्यासिनोको लतले ४ वर्ष देखि मलेशियामा बेपत्ता पासांग परिवारको सम्पर्कमा आए

Previous articleब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल प्रि-क्वार्टरफाइनलमा
Next articleहेरामाया श्रेष्ठ स्मृति महिला बुद्धिचालमा सुजनाको विजयी सुरुआत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।