क्यासिनोको लतले ४ वर्ष देखि मलेशियामा बेपत्ता पासांग परिवारको सम्पर्कमा आए

क्वालालम्पुर- रोजगारीका लागि मलेशिया आई परिवार बाट सम्पर्क बिहिन भएका चुलाचुली, इलामका पासाङ तामाङ सम्पर्कमा आएका छन। बिगत ८ बर्ष अघि मलेशियाको सेलाङर राज्यको काजाङ क्षेत्रमा आईपुगेका तामाङ एका-एक सम्पर्क बिहिन बन्न पुगेपछि परिवारकै आग्रहमा संदेश प्रवाह अनलाइनले समाचार प्रकाशित गरेको थियो। चुलाचुली-५ इलामका तामाङ बैधानिक रुपमै मलेशियाको प्रतिष्ठित पेपर कम्पनी मुडामा कार्यरत छन।

हाम्रो सम्पर्कमा आईसकेपछी तामाङ सङ हामिले फोन मार्फत कुरा गर्यौ, ४ बर्ष सम्म मलेशियामा बेपता भएर बस्नुको मुख्य कारण बारे हामिले जिज्ञासा राख्दा उनले भने” सम्पर्क बिहिन भएर बस्नुको खासै कारण त छैन आफ्नै ब्यक्तिगत समस्याले गर्दा घर परिवारमा सम्पर्क नगरेको हो”। घर खर्च कमाउन मलेशिया आईसकेपछी परिवारनै त्यागेर फोन सम्पर्क सम्म नगरी बस्नुको कारण केही त हुनुपर्छ भनेर भनिसके पछी भने केही भित्री रहस्यहरु खुलाएका छन।

राम्रो मान्छेको सङत गरे राम्रै भइने रहे छ। नराम्रो साथिहरुको संगत गरे परिणाम पनि त्यस्तै आउने रहे छ। घुमाउरो पारामा आफ्नो दुख पोखे, कम्पनीमा काम गर्न सके कमाई पनि राम्रै हुने तामाङले जिकिर गरे। महिना भरी काम गरेर आएको तलब क्यासिनोमै सक्ने बताए। यसरी क्यासिनो खेल्नमा लत लागेका पासाङले कमाई जोगाउनै सकेनन। यता हातमा तलब नहुनु उता नेपाल बाट घर परिवारले खर्च पठाई माग्दा खर्च पठाउन नसकेकै कारण आफू परिवार बाट गुमनाम भएर भएर बसेको बताए!

तलबले मात्र भएन साथी भाइ सङ लिएको ऋण दिनप्रतिदिन बढ्दै गयो, त्यसपछि आफुलाई झन कन्ट्रोल गर्नै सकिन। घरमा खर्च पठाउन पैसा भएन। त्यसैकारण मलाई घरमा फोन गर्न अप्ठ्यारो भएको थियो।”उनले थपे।” घरमा के भनेर सम्पर्क गर्ने भनेर दुबिधामा थिए। मिडियामा मेरो बारे समाचार आईसकेपछी अलि सजिलो भयो र मैले घरमा फोन पनि गरे सबै सङ बातचीत गरिसकेको छु अब चाडै नेपाल फर्किने योजनामा छु पासाङले भने।

https://ujyaalonepalnews.com/archives/16162

Previous articleमलेशियामा तिगा-पुलो र लिमा-पुलोको पछी लागेर बेपत्ता हुने नेपालीको कथा
Next articleकोरोना कहरले अस्तव्यस्त साउदी आफ्नै लयमा फर्कंदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।