रत्ननगर, चितवन — रत्ननगर नगरपालिका–१ सौराहा चोकमा एक पुरुष बेहोस अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार असार २९ गते आईतबार साँझ करिब ५:३० बजे अन्दाजी ४०–४५ वर्ष उमेरका एक अज्ञात पुरुष बेहोस अवस्थामा फेला परेका हुन्।
उक्त व्यक्तिलाई तत्कालै उपचारको लागि स्थानीय बकुलहर अस्पताल टाँडीमा पुर्याइएको थियो। अस्पतालमा लगिएको केही समयपछि, साँझ ५:४५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन। शव हाल भरतपुर सरकारी अस्पतालमा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


