Home Uncategorized शुभ बिहानी??आज फागुन २४ गते शनिबार, तपाईंको आजको राशिफल हेर्नुहोस।

शुभ बिहानी??आज फागुन २४ गते शनिबार, तपाईंको आजको राशिफल हेर्नुहोस।

मेषः– सानो कुरालाई लिएर पारिवारिक द्वन्द्व चल्न सक्छ होशियार हुनुहोला । साना साना कुराले भोली असर गर्नेछ । खरीद गरेका वस्तु कमसल पर्ने छन् । सामाजिक उत्तरदायित्व वहन गर्न सकिने छैन । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

वृषः– संचित धन बढ्नेछ । धार्मिक गतिविधिबाट लाभान्वित हुनुहुनेछ । भाई बन्धु स्त्री तथा सन्तानबाट सहयोग,सुख एवं शान्ति मिल्नेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । दीक्षा भ्रमण हुनसक्ने कुरालाई नकार्न सकिन्न । साँझपख समय प्रतिकुल बन्नेछ । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । फजुल खर्चमा वृद्धि हुनेछ ।

मिथुनः–आर्थिक पक्ष कमजोर देखिन्छ । आर्जनका काम भन्दा भोर्जनका काम बढि हुनेछन् । सहयोग गर्ने भन्द असहयोग गर्ने बढि हुनेछन् । दिने भन्दा लिन खोज्ने बढि होलान् । व्यापारमा आएको मन्दि कायम रहने देखिन्छ । आफन्तमा झगडा हुनसक्छ सजग रहनु होला । साँझपख समयमा सामान्य सुधार आउनेछ । विवादबाट टाढा बस्नु उचित हुनेछ ।

कर्कटः– हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम हुनसक्छ सचेत भएर काम गर्नु होला । परोपकारी काम हुनेछन् । दान पुण्यमा धन खर्च हुनेछ । उपलब्धिका काम भन्दा बढि मनोरञ्जनमा ध्यान जानेछ । घरमा जमघट बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विवादित काममा हात नहाल्नु होला । सहयोग अल्प मिल्नेछ ।

सिंहः– मेहनत पूर्वक गरेका कामबाट पनि उचित लाभ लिन सकिने छैन । आफन्तमा झै–झगडा पर्न सक्छ । संचित धनमा ह्रास आउनेछ । व्यय मार्गका ढोका अझै बन्द हुने देखिन्न । आशा र भरोसा टुट्न सक्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । यात्रा गर्दा सतर्क रहनु होला ।

कन्याः– समयमा काम सम्पन्न गर्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । ढिला सुस्ति भएमा आएको अवसर पनि गुम्ने सम्भावना रहनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछि समयले कम साथ दिनेछ । आम्दानीका मार्ग खुम्चिने तथा व्ययका मार्ग खुल्नेछन् ।

तुलाः– सामान्यतया दिन अनुकुल नै देखिन्छ । बातावरण मिलाएर काम गर्नु होला । चुनौतिका विच धेरै काम बन्ने छन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आफुमा भएको ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला । घर बाहिर बसेर गरेका काम बढि फलदायी हुनसक्छ । व्यापारमा सुधार आउनेछ ।

वृश्चिकः– इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्ति कम हुने देखिन्छ । तर समय भने सुधारोन्मुख देखिन्छ । कामले विस्तारै गति लिनेछ । आशाका अङ्कुर पलाउने छन् । दीक्षा यात्रा हुनसक्ने कुरालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् । बाह्य काममा समय बढि दिनु भयो भने आफ्ना काम अधुरा रहने छन् । सहयोग कम मिल्नेछ ।

धनुः– समयले अझै साथ दिने देखिन्न । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ । शरीरिक एवं मानसिक थकान बढ्नेछ । लेनदेन कारोवारमा समस्या सृजना हुनसक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । वोलीको अनर्थ लगाउने छन् । अर्थ अभाबका कारण योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ । आफन्त सँग विश्वास गुम्नेछ ।

मकरः– अर्थ अभावको महशुस हुनेछ । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि फाइदा हुनेछ । लगनशिल भई समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापारिक यात्रा हुनसक्छ । बादविबादबाट टाढा बस्नुहोला । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ । साँझपख काममा अवरोध तथा खर्च विवाद बढ्न सक्छ ।

कुम्भः– हेलचक्र्याई गरेमा दुःख पाईनेछ । काम गरेर अरुलाई बढि कमाई दिने अवस्था आउन सक्छ । अरुको भर परेर काम गर्नु भयो भने अवसरबाट वञ्चित हुने अवस्था आउनेछ । संघर्षबाट केहि उपलब्धि हात लाग्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । राजनैतिक व्यक्तिको विश्वास परेर कुनै काम नगर्नु होला । मुद्धामा जीत हुनेछ ।

मिनः– दुष्ट जनको संगले इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । आफ्नो भन्दा अरुको पालन पोषण बढि हुनेछ । काम गरेर जश कमै मिल्नेछ भने विवाद बढि हुनेछ । स्पष्ट कार्य दिशा तयार तय नहुदा कार्य योजना अगाडि बढ्ने छैनन । समान खरीदमा खर्च हुनेछ ।

The post शुभ बिहानी💘💘आज फागुन २४ गते शनिबार, तपाईंको आजको राशिफल हेर्नुहोस। appeared first on .

सुरक्षित सहकारी खोलेसिमलको अध्यक्षमा एमाले-माओवादी प्यानलका ओम लामिछाने विजयी

Previous articleवारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा
Next articleजनजातिको भाषा संस्कृति संरक्षणमा सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।