महिला सशक्तीकरणमा कोकाकोला

काठमाडौं।    महिला सशक्तीकरणमा कोकाकोलाले अभियान सुरु गरेको छ । महिला आर्थिक सम्भावित क्षमता राख्न संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास छ ।
कोकाकोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तीकरणमा केन्द्रित रहेको छ ।

यसलाई लागू गर्दै बोटलर्स नेपाल लिमिटेडले आफ्नो ग्लोबल पहल ५ बाई २० को हिस्साका रूपमा सप किपर ट्रेनिङ एन्ड रिसोर्स ‘स्टार’कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसको उद्देश्य २०२० सम्म ५० लाख महिलालाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको पनि कम्पनीले जनाएको छ ।

कार्यक्रमको उद्देश्य नेपाली खुद्रा बिक्रेतालाई खुद्रा व्यवसायको चार मुख्य क्षेत्रमा पसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापनमा केन्द्रित भएर गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरण प्रदान गर्नु रहेको पनि कम्पनीले जनाएको छ । बोटलर्स नेपालको सार्वजनिक मामिला सञ्चार र स्थिरता टिम तथा सेल्स टिमबीचको संयुक्त सहकार्यले अहिलेसम्म १५ सहर र नेपालका धेरै साना सहरमा यो कार्यक्रममार्फत ५ हजारभन्दा बढी महिला खुद्रा बिक्रेतालाई प्रशिक्षण दिइसकेको जनाएको छ ।

कम्पनीले निरन्तर आफ्नो भ्यालु चेनमा महिला प्रगतिलाई प्रत्सोहान गर्ने बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले बताए । उनले ५० लाख महिलालाई सशक्त बनाउने विश्वव्यापी लक्ष्यमा नेपालले गरेको प्रगति देखेर अचम्ति भएको प्रतिक्रिया दिएको पनि कोकाकोलाले जनाएको छ ।
महिला र समुदायको जीवन परिवर्तन गर्न विश्वव्यापी मुद्दामा गहिरो र दिगो प्रभाव पार्दै सहयोग पु¥याइरहेको कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले बताए ।

 

The post महिला सशक्तीकरणमा कोकाकोला appeared first on Rajdhani Daily News.

रोहतो मेन्थोलाटमको रिटेलर्सको भेटघाट सम्पन्न ।

Previous articleतीन राप्रपाबीच एकता सहमति, तीनै जना अध्यक्ष, डेढ वर्षपछि महाधिवेशन
Next articleनिप्पोनको ‘सवारीसाधन पेन्ट’ बजारमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।