कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काठमाडौं, ७ माघ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा काङ्ग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएकाले काङ्ग्रेस संसदीय दलले उम्मेदवारी नदिने निर्णय गरेको छ ।’

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी तथा माघ १२ गते निर्वाचन हुँदैछ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भने अग्निप्रसाद सापकोटालाई सभामुखमा अगाडि सारेको छ । रासस

The post कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने appeared first on Koshi Online.

बयलगाडाको नाममा ठग्ने व्यक्तिले हाम्रो टिमलाई प्रलोभनमा पार्न खोजेपछि…

Previous articleमोदी यसै वर्ष नेपाल आउने
Next articleअग्नि सापकोटा सभामुखमा निर्विरोध, १२ माघमा औपचारिक घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।