तस्करले मारे दुई दुर्लभ सेतो जिराफ, अब विश्वमा एक मात्र बाँकी

केन्याको जंगलमा एक पोथी जिराफ र बच्चा जिराफ मरेको अवस्थामा भेटिएको बीबीसीले जनाएको छ।

केन्याका अधिकारीहरुका अनुसार अब केन्यामा एक मात्र सेतो जिराफ बाँकी छ।

बन्यजन्तु संरक्षकका अनुसार अब यो नै विश्वमा बाँकी रहेको एक मात्र सोतो जिराफ हो।

इसकबिनी हिरोला कम्युनिटी कन्जभेन्सीका व्यवस्थापक मोहम्मद अहमेदनुरका अनुसार मृत भेटिएका दुई जिराफलाई तीन महिना अगाडि मानिसहरुले देखेका थिए।

यस दुर्लभ जिराफ मार्ने तस्करहरुको खोजी भइरहेको जनाइएको छ। हालसम्मको तथ्यांकअनुसार गत ३० वर्षको अवधिमा अफ्रिकामा तस्करका कारण जिराफको जनसंख्या ४० प्रतिशतले घटेको छ।

Image result for leucism giraffe

Image result for leucism giraffe

बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

Previous articleपाकिस्तानी लडाकु बिमान दुर्घटनाग्रस्त
Next articleआहा रारा गोल्डकप: थ्री स्टारविरुद्ध पुलिसलाई अग्रता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।