
केन्याको जंगलमा एक पोथी जिराफ र बच्चा जिराफ मरेको अवस्थामा भेटिएको बीबीसीले जनाएको छ।
केन्याका अधिकारीहरुका अनुसार अब केन्यामा एक मात्र सेतो जिराफ बाँकी छ।
बन्यजन्तु संरक्षकका अनुसार अब यो नै विश्वमा बाँकी रहेको एक मात्र सोतो जिराफ हो।
इसकबिनी हिरोला कम्युनिटी कन्जभेन्सीका व्यवस्थापक मोहम्मद अहमेदनुरका अनुसार मृत भेटिएका दुई जिराफलाई तीन महिना अगाडि मानिसहरुले देखेका थिए।
यस दुर्लभ जिराफ मार्ने तस्करहरुको खोजी भइरहेको जनाइएको छ। हालसम्मको तथ्यांकअनुसार गत ३० वर्षको अवधिमा अफ्रिकामा तस्करका कारण जिराफको जनसंख्या ४० प्रतिशतले घटेको छ।




