आहा रारा गोल्डकप: थ्री स्टारविरुद्ध पुलिसलाई अग्रता

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता रुस्लान थ्री स्टारविरुद्ध विभागीय नेपाल पुलिस क्लबले पहिलो हाफमा अग्रता बनाएको छ।

पोखरा रंगशालामा बुधबार जारी खेलमा पुलिसका कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन्। भरतले खेलको आठौं मिनेटमा रवि पासवानको क्रसमा अशोक खवासलाई बिट गर्दै वान टचमा गोल गर्न सफल भएका थिए।

त्यसअघि खेलको चौथौ मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा सन्जोक राईको हेडर फस्ट बारबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो। १०औं मिनेटमा भरत साहकै अर्काे प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाएका थिए।

१९औं मिनेटमा सन्जोक राईको क्रसमा आशिष राईको प्रहारलाई अन्जन राईले ब्लक गरेपछी थ्री स्टार बराबरी गर्नबाट चुक्न पुग्यो। ३३औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा सुसान श्रेष्ठको हेडर पासमा सन्जोक राईको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले मुस्किलले बचाए।

सिमकार्ड,रिमकार्ड बिक्रीवितरणमा कडाइ

Previous articleतस्करले मारे दुई दुर्लभ सेतो जिराफ, अब विश्वमा एक मात्र बाँकी
Next articleटीभीएस अपाचे स्पोर्टस् अवार्ड: ११ उपसमिति गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।