साउदीको जिजान तथा आभा/खमिस क्षेत्रमा राहदानी नबिकरण गर्न अनलाईन फारम भर्ने बारे दुताबासको सुचना

साउदीको जिजान तथा आभा/खमिस क्षेत्रमा राहदानी नबिकरण गर्न अनलाईन फारम भर्ने बारे दुताबासको सुचना

उज्यालो नेपाल, जेठ २५- साउदीको रियादमा रहेको नेपाली दुताबास र जेद्दामा रहेको नेपाली दुताबासले साउदीमा रोजगारी तथा व्यापार व्यवसाय गरेर बस्ने नेपालीहरुको राहदानी नविकरण गर्नको लागी साउदीको विभिन्न स्थानमा घुम्ती शिविर संचालन गर्दै आईरहेका छन् ! कोरोना महामारीको कारण त्यँहा कार्यरत नेपालीहरुलाई दुताबाससम्म पुगेर आवेदन दिन समस्या भएपछी दुतावासले आफ्ना नागरिकहरुलाई पायक पर्ने स्थानमा नै घुम्ती अफिस संचालन गरि आवेदन दिन मिल्ने बन्दोबस्त मिलाएको थियो !

तर कोरोना माहामारीको दोश्रो भेरियनट फैलन थाले संगै यो कार्यपनि बन्द भएओ थियो ! तर साउदीको जेद्दामा रहेको महावाणिज्य दुताबासले यो कार्यको फेरी थालनी गर्ने भएको छ ! साउदीको जिजान तथा आभा/खमिस नजिकका अन्य शहरहरुमा रहने नेपाली श्रमिकहरुलाई पायक पर्ने गरि घुम्ती अफिस संचालन गरि दुताबासले राहदानी नविकरणको लागी आवेदन संकलन गर्ने भएको हो ! आउँदो २-३ जुलाई २०२१ मा त्यस्तो अफिस संचालन गर्ने दुताबासले प्रकाशित गरेको सुचनामा जनाईएको छ ! दुताबासको सुचना यस्तो छ 

जिजान तथा आभा/खमिस क्षेत्रका लागि राहदानी नवीकरण सम्बन्धी नेपाली कन्सुलेट जनरल, जेद्दाको सूचना-

यस कन्सुलेट जनरलको कार्यक्षेत्रभित्र रहेको जिजान तथा आभा/खमिस क्षेत्रमा रहनुभएका नेपाली नागरिकहरुलाई राहदानी नवीकरण सहजीकरणका लागि नियोगको टोली यसै सूचनामा प्रकाशित मिति (२-३ जुलाई २०२१)मा जाने कार्यक्रम तय गरिएको छ। राहदानी नवीकरणका लागि जिजान तथा आभा/खमिस नजिकका अन्य शहरहरुमा रहनुहुने नेपाली श्रमिकहरुलाई सहजताका आधारमा नवीकरणका लागि उपस्थित हुन सकिने जानकारी गराईन्छ। पासपोर्ट नवीकरणका लागि आउँदा अनिवार्यरुपमा ल्याउनुपर्ने कागजातहरु र लाग्ने दस्तुर देहाय बमोजिम रहेको छ।

  • सक्कल पासपोर्ट र सोको प्रतिलिपी
  • नागरिकताको प्रतिलिपी
  • राहदानी नवीकरण दस्तुर: साउदी रियाल २०० र हराएको/बिग्रिएको/ च्यातिएकाको लागि साउदी रियाल ४००

कोभिड-१९ संक्रमणको परिस्थितिमा आवेदन संकलनका क्रममा सम्पूर्ण स्वास्थ्य सूरक्षा मापदण्डको पालना गर्नुहुन सबैमा अनुरोध गरिन्छ। साथै, आवेदन संकलनका लागि नामावली समावेश गर्न तथा थप जानकारीका लागि देहाय बमोजिमका नम्बरमा सम्पर्क गर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ।

  • ०५५९६८०२५३ (नियोग )
  • ०५०७०८५२९७ (जिजान)
  • ०५३६८९९५७८ (आभा)

राहदानी आवेदन संकलनलाई व्यवस्थित गर्न आवेदन फारम नभर्नुभएका नेपाली नागरिकहरुले देहाय बमोजिमको लिङ्कमा गई आवेदन फारम भर्नुहुन समेत अनुरोध गरिन्छ। यँहा क्लिक गरेर आफ्नो ईमेल, नाम, फोन नम्बर, ठेगाना, पासपोर्ट नम्बर, नयाँ पासपोर्टलाई आवेदन दिनुको कारण, नागरिकताको दुवै पट्टिको प्रष्ट फोटो, पासपोर्टको प्रष्ट फोटो लगायत विवरण भरि अनलाईन फारम भर्नुहोला ! नेपाली कन्सुलेट जनरल जेद्दा, साउदी अरेबिया

https://ujyaalonepalnews.com/archives/14564

Previous articleराउटे प्र’करण : युवतीलाई न्याय भन्दा राउटे कानुनबाट बचाउने चिन्ता, मुखियाले थाहा पाए कु’टीकुटी मा’र्छन
Next articleकतारमा जाँडरक्सी जुवातास देहव्यापार लगायत अवैध धन्दा गर्ने नेपाली कतार प्रहरीको निगरानीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।