खैरो हिरोईन सहित एक पक्राउ

मोरङ । विराटनगर– १५ बाट प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका– ८ गहुँथलीचोक का २९ वर्षीय कमानसिंह राई रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको लागु औषध ब्युरोको टोलीले उनलाई १५ ग्रामब्राउन सुगर सहित फागुन २५ गते पक्राउ गरेको हो ।

सीमावर्ती भारतीय बजार जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेको राईलाई शंका लागि चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको हो । प्रहरीको अनुसन्धानबाट उनले ५० हजार मुल्यमा खरिद गरेको त्यो हिरोइन आफूले समेत प्रयोग गर्ने र प्रति डोज एक हजारका दरले १ लाख ५० हजार मूल्य सम्म कमाउने गरेको खुल्न आएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

The post खैरो हिरोईन सहित एक पक्राउ appeared first on Rajdhani Daily News.

‘महत्त्वपूर्ण आर्थिक मुद्दामा सबै एकै ठाउँमा उभिनुपर्छ’

Previous articleमुगुको रारा चाल्चा विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा
Next articleअपहरणको नाटक :  आफ्नै बुवासँग फिरौतीमाग्ने युवक सहित दुईजना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।