‘महत्त्वपूर्ण आर्थिक मुद्दामा सबै एकै ठाउँमा उभिनुपर्छ’

Click Image

काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले महत्त्वपूर्ण आर्थिक मुद्दाहरूमा सरोकार भएका सबै एकै ठाउँमा उभिनुपर्ने बताउनु भएको छ ।

File Photo

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग शुक्रवार उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री बडूले अर्थतन्त्रको विषयमा नियमनकारी निकायहरू अलग अलग बाटो हिँड्न खोज्दा समस्या बढ्ने भएकोले सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग मन्त्री बडूले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैङ्कसहित सबै निकायहरू एकै ठाउँमा रही निजी क्षेत्रलाई पनि साथमै लिएर अघि बढ्ने सरकारको सोच रहेको बताउनुभयो ।

अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री बडूले सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने उल्लेख गर्नुभयो ।

भेटमा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले विद्यमान आर्थिक समस्या समाधानका लागि गम्भीर पहल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमक्ष आग्रह गरेको थियो ।

भेटमा परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवालले नियमनकारी निकायहरूबाट नियन्त्रणमुखी नीति जारी गर्दै आर्थिक गतिविधि सङ्कुचित गर्ने काम भइरहेको भन्दै यसले अर्थतन्त्रमा थप जटिलता सिर्जना गर्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/18567

Previous article‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव २०७८’ सुरु
Next articleनाबालिकाहरुलाई यौनदुर्व्यवहार गर्ने चितवनका दुई शिक्षक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।