कांग्रेसद्वारा संसद अवरुद्ध

पोखरा, २८ फागुन । गण्डकी प्रदेशको संसद कांग्रेस सांसदले अवरोध गरेका छन् ।

गण्डकी प्रदेशको सचिवालयसम्बन्धी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो ।

नेकपाले एकलौटी रुपमा विधेयक अगाडि बढाएको भन्दै कांग्रेसले पनि प्रदेशसभा सचिवालयमा भागबन्डा खोजेको हो।

‘प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मार्फत राजनीतिक रुपमा सचिव नियुक्त हुने छन् ।

सचिव नियुक्तिमा असन्तुष्टि नरहे पनि सचिवालय ब्यवस्थापनमा अरु दललाई पनि भागबण्डा मिलाउनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले बुधबारको संसद बैठक अवरुद्ध गरे ।

लामो समयदेखि निमित्त सचिवका भरमा चलिरहेको प्रदेशसभामा राजनीतिक रुपमा सचिव नियुक्ति गर्ने र सचिवालयको व्यवस्थापन गर्ने नीतिसहित २० महिनापछि विधेयक अगाडि बढेको छ ।

सभामुख अध्यक्ष, उपसभामुखपछि प्रदेशसभामा प्रदेशसभा सचिवालयका सचिव सदस्य रहने विधेयकमा उल्लेख छ ।

The post कांग्रेसद्वारा संसद अवरुद्ध appeared first on Koshi Online.

औद्योगिक समस्या समाधानका लागि महासङ्घको उद्योगमन्त्रीलाई आग्रह

Previous articleकोभिड–१९ को औषधि : सबै बजारका हल्ला हुन् …
Next articleधादिङमा दुई बालविवाह रोकियो, बेहुली नलिई फर्कियो जन्ती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।