कुस्तीका खेलाडीलाई डेढ लाख पुरस्कारसहित सम्मान

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण पदक विजेता संगिता धामीलाई एक लाख पचास हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ । मालिकार्जुन गाउँपालिका ४ हुनैनाथ घर भई हाल कञ्चनपुर बस्दै आउनुभएका धामीलाई बिहीबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले पुरुस्कारसहित सम्मान गरिएको हो ।

साग प्रतियोगितामा कुस्तीतर्फको ५५ केजी तौल समूहमा धामीले स्वर्ण पदक जितेका थिए । खेलाडीलाई खेल क्षेत्रमै टिकिरहन सहयोग पुगोस् भन्ने उद्देश्यले नगदसहित शैल्यशिखर नगर प्रमुख अमरसिह धामीले सो रकमको चेक हस्तान्तरण गरे ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख धामीले खेल प्रतिभाको सम्मान गर्न नगरपालिका संधै प्रतिबद्ध रहेको बताए । उनले भने खेलाडीलाई खेल क्षेत्रमै टिकाई राख्न तथा नयाँ आउने प्रतिभालाई हौसला प्रदान गर्न हाम्रोतर्फबाट पूर्ण सहयोग हुन्छ ।

नगरकार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार संगितालाई सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले जानकारी दिए । सम्मानित भएकी कुस्ती खेलाडी संगिता धामीले नगरपालिकाले गरेको सम्मानले खेल प्रतिको रुचि झन बढ्दै गएको बताईन् ।

पुख्र्यौली जन्म घरमा बोलाएर नगरपालिकाले सम्मान गरेको प्रति संगिताले खुसी व्यक्त गरिन । खेलमा भाग लिँदा पदक जित्छु भन्ने आशा रहेको तर स्वर्ण पदकै जितेर ल्याउँछु भन्ने आशा थिएन्, उनले भनिन्, तर मेहनत छोडिन्, यहि मेहनतले सफलता दिलायो ।

गाउँ गाउँमा रिसोर्ट (तस्बिरसहित)

Previous articleसडक विस्तार : स्थानीय उत्पादनले बजार पाउन थाल्यो
Next articleमाईक्रो–अटो ठोकिदा एकको मृ’त्यु, आफन्तद्वारा सडक अबरुद्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।