सुदूरपश्चिमका अधिकांश जिल्लामा अहिले आँगन खन्ने होडबाजी नै चलेको छ। सामाजिक सञ्जालमा एकाएक घरको दायाँपट्टी आँगन खन्दा कोइला निस्कने र त्यो कोइला लगाए कोरोना नलाग्ने हल्लासँगै अधिकांश स्थानीय त्यसलाई पछ्याइरहेका छन्।
बुधबार मध्यराति धेरैलाई फोन गर्दै ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस्। त्यहाँ कालो अँगार जस्तो वस्तु भेटिनेछ। त्यसको घर परिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्।’ भन्ने भ्रम फैलाइएको थियो। फोन गरेको नम्बर भने नदेखिने गरेको उनीहरुको भनाइ छ।

भिडियो हेर्नुहोस
श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ


