देश सं’कटमा परेको बेला,ड्युटीनै जान नमान्ने ५ डाक्टर लाई कार’बाही, जागीर च’ट

काठमाडौं :को-रोना संक्रमण रोकथाममा खटीनु पर्ने बेला डिउटीमै नजाने पाँच जना डाक्टरलाई प्रदेश सरकारले कारबाही गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना डाक्टरलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले बर्खास्त गरेको हो।

अस्पालका न्युरोसर्जन डा. सुवासचन्द्र चौधरी, रेडियोलोजी विभागका डा.बरदान वली, डा ताराप्रसाद शर्मा, इएनटी डा. प्रकाश न्यौपाने र डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो। अप्ठ्यारो परिस्थितीमा अस्पताल प्रशासनलाई जानकारी नै नदिइ उनीहरु बिदामा बसेकाले सामाजिक विकास मन्त्री सुदर्शन बरालकै निर्देशनमा बर्खास्त गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले बताए।

बर्खास्त गरिएका पाँचै जना करारमा नियुक्त भएका चिकित्सक हुन। सामाजिक विकास मन्त्रीले कोरोना महामारीको सम्भाब्य जोखीमबाट बच्न सिंगो मुलुक जुटिरहेका बेला अग्रमोर्चामा खटिनु पर्ने दायित्वबाट पन्छिन खोज्ने चिकित्सकहरुलाई कारबाही गरीएको बताए। बिरामी,सुत्केरी र काजकिरीया बाहेक अन्य बिदा स्वीकृत नगर्न पनि मन्त्री बरालले प्रदेशका सबै अस्पतालहरुलाई निर्देशन दिएको बताए। ‘सुत्केरी, बिरामी र काजकिरीया बाहेकका बिदा दिइने छैन।

सम्बन्धित असस्पताल प्रशासनलाई जानकारी नै नदिइ यदी कोही काममा आउँदैन भने त्यस्ता डाक्टर नर्स वा स्वास्थ्यकर्मीहरुलाई पहिललो पटक स्पष्टीकरण सोध्छौं। जायज कारण प्रस्तुत गर्न नसके त्यस्तालाई बर्खास्त गरिन्छ’ सामाजिक विकास मन्त्री बरालले भने। का-रोना नियन्त्रणको अभियानमा खटिएका प्रदेशका बाह्रवटै जिल्लामा कार्यरत चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिएको पनि मन्त्री बरालले बताए।नागरिकबाट

खैरहनीमा एमालेको घरदैलो आक्रमक 

Previous articleनेपालमा को-रोनको माहा-मारी फैलिइहालेमा कोरियाबाट सिकौं
Next articleप्रधानमन्त्री, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।