खैरहनीमा एमालेको घरदैलो आक्रमक 

वैशाख २३ गते । चितवनको खैरहनीमा नेकपा एमालेले आफ्नो घरदैलो तथा कोण सभा आक्रमक रुपमा अघि वढाएको छ । निर्वाचनको मिति नजिकिदै गर्दा गठवन्धनको प्रवाह नगरि एमालेका उम्मेदवारहरु विहानदेखी वेलुका सम्म घरदैलोमा व्यस्त छन् ।

घरदैलोको समय छोटो भएकाले उम्मेदवारहरु प्रत्येक घरघरमा पुग्ने अवस्था छैन् । खैरहनीमा रहेका १३ वटा वडाकै घरमा पुग्न उनीहरुलाई मुस्किल छ । उनीहरुले संभव भएसम्म घरघरमा पुगेर भोट मागेका छन्, त कतिपय ठाउँमा कोण सभा मार्फत आफ्ना योजना सुनाउँदै जनतालाई मत दिन आह्वान गरिरहेका छन् ।

नगर प्रमुख पदका उम्मेदवार लालमणि चौधरी,उपप्रमुख पदका उम्मेदवार कविता उप्रेती वडा वडामा पुगेर मत मागिरहेका छन् । उनीहरुले नगरको ८ वटा वडामा घरदैलो गरिसकेको छ ,अव वडा नम्वर ८,१०,११,१२ र १३ वाँकी छ । एमालेले अघिल्लो निर्वाचनको विरासत जोगाउँदै केही वडा थप गर्ने रणनिति वनाएको छ ।

खैरहनीको वडा नम्वर ४ र ५ लाई काग्रेशको गढको रुपमा लिने गरिएता पनि एमालेको घरदैलो कार्यक्रममा स्थानीयको उत्साजनक उपस्थिती र मायाले उत्साहित भएको एमालेबाट खैरहनीमा नगर प्रमुख पदका उम्मेदवार तथा पुर्व नगर प्रमुख लालमणि चौधरीले बताए ।

पहिलो कार्यकालमा पनि नगरको क्षमताले भ्याएसम्मको काम गरेको स्मरण गर्दै पुर्व नगर प्रमुख चौधरीले निर्वाचित भएमा लोककल्याणकारी कामलाई प्राथमिकता दिने बताए ।

https://ujyaalonepalnews.com/archives/19803

Previous articleरत्ननगरमा मेयर पदका उमेदवार सापकोटा भन्छन्– ‘अग्रजको आशीर्वाद खेर जान दिन्न’
Next articleसमुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।