लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

नेपालका ५२ औं संक्रमित झापाका पुरुष पनि जमातीबाट फर्किएको खुलासा

१४ बैशाख । नेपालका ५२ औं संक्रमित पनि भारतको नयाँ दिल्लीको जमातीबाट फर्केको खुलासा भएको छ । झापाको बारादशी वडा नम्बर ४ निवासी ५० बर्षीय मुसलमान समुदायका अगुवा व्यक्ति भएको बताइएको छ । नेपालमा लकडाउन हुनु केही दिन अघि झापा फकिएका यिनी अहिले झापाको बारादशी नजिकको अस्पतालको सम्पर्कमा पुगेको बताइएको छ ।

ब्लड क्यान्सरले मृत्यु भएकी युवतीको र्‍यापिड टेस्टमा तीन पटक पोजेटिभ, पिसिआरमा नेगेटिभ

ब्लड क्यान्सरले मृत्यु भएकी वीरगन्जकी २३ वर्षीया युवतीको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा तीन पटक कोरोनाको एन्टिबडी देखिए पनि पिसिआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ। हेटौंडास्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा युवतीमा कोरोना नेगेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदककुमार उपाध्यायले जानकारी दिए।

युवती केही समयदेखि ब्लड क्यान्सरको विरामी थिइन्। उनी वैशाख ४ गते चितवनको भरतपुर क्यान्सर अस्पताल भर्ना भएर ९ गते डिस्चार्ज भएकी थिइन्।

बजेटमा के आयो लुम्बिनीमा र?

Previous articleमलाई र युवराज विरुद्ध काठमाडौँमा उजुरी लिन मिल्ने, उहाँहरुको विरुद्धमा नमिल्ने? रवि लामिछाने
Next articleश्रीमान-श्रीमती कसरी सुत्ने ? हेर्नुहोस् यसो भन्छ वस्तुशास्त्र !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।