मलाई र युवराज विरुद्ध काठमाडौँमा उजुरी लिन मिल्ने, उहाँहरुको विरुद्धमा नमिल्ने? रवि लामिछाने

महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वप्रधान’मन्त्री बाबुराम भट्टराईसहित जनता समाजवादी पार्टीका नेताले लिएर गएको सांसद ‘अप’हरण’ सम्बन्धी मु’द्दा दर्ता गर्न अस्वीकार गरेको छ । परिसरको मु’द्दा शाखाका डीएसपी कृष्ण चन्द र एसपी सोमेन्द्र सिंह राठोरले घट’नास्थल महोत्तरीमै दर्ता गर्नुपर्ने भन्दै मु’द्दा दर्ता गर्न अस्वीकार गरेका हुन् ।

मु’द्दा दर्ता गर्न शाखाका प्रहरी अधिकारीले आनाकानी गरेपछि प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीसँग नेताहरुले छलफल गरेका थिए। उनलेसमेत मु्दा दर्ता गर्न अस्वीकार गरेको बाबुरामका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए । ‘प्रहरीले जाहे’री लिन मानेन । अब किटानी जाहेरी नेपाली जनताकोमा दिने हो’, उनले भने, ‘बाँकी फैसला अब जनअदालतले गर्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईसहितका नेता आइतबार दिउँसो सत्ता’रुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध अपह’रण तथा शरीर बन्ध’कको मुद्दा दर्ता गर्न पुगेका थिए । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि चर्चित पत्रकार रवि लामिछानेले कडा प्रतिक्रिया दिएका छन् ! फेसबुकमा एउटा पोष्ट लेख्दै उनले आफ्नो भनाई राखेका हुन् ! हेरौ उनको भनाई जस्ताको तस्तै: 

चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरुद्धमा नमिल्ने?उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला?कानुन सानालाई मात्रै?अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो।

 

‘एक चिकित्सक, एक अस्पताल’

Previous article२ जना प्रहरी हिरोहरु को हुन ? जसले महाकालीमा हेलीएर महिलाको ज्या’न बचाए
Next articleलकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।