योगेश भट्टराईको प्रसंशनिय काम: त्रिभुवन विमानस्थलमा बन्यो नयाँ प्रस्थान कक्ष, पुरानो भ’त्काइँदै

१५ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा नयाँ प्रस्थान कक्ष तयार भएको छ । नयाँ कक्ष बनेकाले अब पुरानोलाई भ’त्काइने छ । लकडाउनमा यात्रु नभएको मौका पारी विमानस्थलभित्र मर्मत सम्भार तथा संरचना निर्माणको काम जारी छ । सोही क्रममा नयाँ प्रस्थान कक्ष तयार पारिएको हो । यो प्रस्थान कक्ष नेपाल एयरलाइन्सले अष्ट्रेलिया उडान थालेको दिनबाटै प्रयोगमा आएको थियो ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार पार्किङ-वे नजिकै रहको यात्रु प्रतिक्षालय हल भने अहिले भ’त्काउन लागिएको छ । पुरानो टर्मिनल भवनको पार्किङ-वे नजिकैको हल भ’त्काएर त्यो स्थानलाई फराकिलो बनाउन लागिएको छ । भविष्यमा पार्किङ विस्तार तथा अन्य सेवामा यो स्थानको उपयोग गर्न सकिने सम्भावना छ । ‘पुरानो हल भत्काउने काम धमाधम भइरहेको छ,’ महाप्रवन्धक केसीले भने, ‘लकडाउनको समयलाई हामीले सकभर उपयोग गर्न खोजिरहेका छौं ।’

विमानस्थलभित्र अहिले ३ सय मिटर धावनमार्ग विस्तारको कामसमेत धमाधम जारी छ । त्रिभुवन विमानस्थलको आफ्नै लगानीमा एयरबस ३३० स्तरको दुई वटा जहाज अट्ने पार्किङको काम समेत द्रुतगतिमा भइरहेको छ । यसबाट विमानस्थलको सेवा सुरु हुनासाथ हुने उच्च चाप व्यवस्थापनमा केही सहयोग पुग्ने अपेक्षा विमानस्थलको छ ।

सरकारले २ जेठसम्म राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यवसायिक उडान-अवतरणमा प्रतिवन्ध लगाएको छ । तर, लाखौं हवाई यात्रु तत्काल यात्राका लागि तयार भएर बसेका छन् । यसले प्रतिबन्ध खुलेको केही दिन उच्च दबाबमा यात्रु र जहाजको व्यवस्थापन गर्नुपर्ने चूनौती छ ।

काठमाडौँ उपत्यकाको चार भञ्ज्याङमा चार सुरुङमार्ग

Previous article३ दिनसम्म संगै पैदल यात्रा गर्दा माया बसेपछि दुई सन्तान र श्रीमान् छोडेर क्वारेन्टाइनबाटै पोइला ( भिडियो हेरौ )
Next articleरेडियो नेपालले माफी माग्न पर्ने गरि बाबुरामले प्रधानमन्त्रीलाई के भने त्यस्तो?? (अडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।