Home Uncategorized रेडियो नेपालले माफी माग्न पर्ने गरि बाबुरामले प्रधानमन्त्रीलाई के भने त्यस्तो?? (अडियो)

रेडियो नेपालले माफी माग्न पर्ने गरि बाबुरामले प्रधानमन्त्रीलाई के भने त्यस्तो?? (अडियो)

रेडियो नेपालले माफी माग्न पर्ने गरि बाबुरामले प्रधानमन्त्रीलाई के भने त्यस्तो?? (अडियो)

१५ वैशाख, काठमाडौं । पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ । सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल)ले माफी मागेको हो ।

विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विज्ञप्ती जारी गरेर क्षमा मागेका हुन । ‘…पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।
कार्कीले आगामी दिनमा अतिथि चयन गर्दा गम्भिर रुपमा सचेत हुने समेत भनेका छन् ।

के बोलेका थिए बाबुरामले ?

‘अन्तरसम्वाद’ रेडियो नेपालमा दैनिक प्रसारण हुने कार्यक्रम हो । डा. भट्टराईसँग समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालले अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्ताका क्रममा भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गरेर ‘भष्मासुर’, ‘अपहरणकारी’, ‘हिटलर’ जस्ता शब्द प्रयोग गरेका थिए । कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले सम्पादन गर्न नसकिएको कार्यकारी निर्देशक कार्कीको भनाइ छ ।

अन्तर्वार्तामा प्रयोग भएको भाषाको सन्दर्भ रेडियो नेपालमा यस्तो घट्ना दोस्रो पटक भएको हो । संयोगवश २०६९ डा. भट्टराई प्रधानमन्त्री भएकै बेलामा पनि झण्डै यस्तै घट्ना भएको थियो । त्यतिबेला कांग्रेस नेता मनमोहन भट्टराईले डा. भट्टराईलाई लक्षित गरेर प्रयोग गरेको भाषालाई लिएर सरकारले स्पष्टीकरण सोधेको थियो । अडियो सुन्नुहोस्

रेडियो नेपालले माफी माग्न पर्ने गरि बाबुरामले प्रधानमन्त्रीलाई के भने त्यस्तो?? (अडियो)

म्याग्दीमा फौजी कीराको समस्या

Previous articleयोगेश भट्टराईको प्रसंशनिय काम: त्रिभुवन विमानस्थलमा बन्यो नयाँ प्रस्थान कक्ष, पुरानो भ’त्काइँदै
Next articleप्रकृति बहु,लाएपछी श,वले पुरै ज,ल्न पाएन, बाढीले चि,ता बगाएपछी म,लामीको भयो भा,गाभा,ग (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।