बलिउड अभिनेता इरफान खानको मृत्यू भएको छ । क्यान्सरका कारण मुम्बईको एक अस्पतालमा उनको मृत्यू भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । बलिउडका महान हस्ती उनको ५४ सालको उमेरमा निधन भएको डाइरेक्टर सुजित सरकारले आफ्नो ट्यूटर मार्फत जानकारी गराएका छन् । मुम्बईको कोकिलाबेन अस्पतालमा उपचाररत उनको पेटको समस्याले मृत्यू भएको भारतीय मिडियाकर्मीहरुले जनाएका छन् ।
बलिउडको निकै ट्यालेन्टेड अभिनेता इरफान खानको अचानक मृत्यूको खबरले बलिउडकर्मीहरुलाई निकै अघात पुगेको जनाइएको छ । अभिनेता ईरफान खान दुई वर्ष अगाडी २०१८ मा न्यूरो इंडोक्राइन ट्यूमरको रोग लागेको थियो । जसको उपचार गराएर उनि पुर्ण रुपले ठिक भईसकेका थिए । त्यसलग्तै उनले अंग्रेजी मीडियममा काम गरेका थिए ।

चारदिन अघि आमा विते, आज बलिउड अभिनेता ईरफान खान
बलिउड अभिनेता इरफान खानले जीवनमा धेरै सिनेमा खेले। उनका जीवनका अन्तिम दिन सिनेमाका घटनाजस्तै बने । ५४ वर्षको उमेरमा बुधबार बिहान संसार छोडेका इरफान खानले ४ दिनअघिमात्रै आमा गुमाएका थिए ।
उनकी ९५ वर्षीय आमाको शनिबार निधन भएको थियो। राजस्थानको जयपुर सहरमा आमाले अन्तिम सास फेर्दा इरफान मुम्बईमा थिए। उनी आमाको अन्तिम संस्कारमा आउन पाएनन्। कोरोनाभाइरसको संक्रमण रोक्न भारतभर लकडाउन भएकाले सयौं किलोमिटर टाढा जान उनी सकेनन् ।
आमा गुमाएको मंगलबार इरफान आफैं अस्पताल भर्ना भए। बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो ।

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन् । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो । गत शनिबार उनकी आमाको निधन भएको थियो ।
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए । बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए । – एजेन्सी
संसदमा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु


