राजविराज : मानिस साथीको लागि ज्या’न दिन तयार हुन्छन् । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका १६ वर्षीय सुरज साह स्वर्णकारलाई भने त्यसो भएन । साथीहरूले नै मा’र्लान् ह’त्या गर्लान् भन्ने सायदै उनले सोचेका थिए । तर, विडम्बना, ला’गु औ’षधको न’शा सेव’नका बेला भएको सामान्य वि’वादमा तीन जना साथीले मिलेर सुरजको ह’त्या गरे ।
ह’त्या आरोपमा भारदहका सुजितकुमार मुखिया, टिल्का भनिने चन्द्रशेखर मण्डल र प्याप्या भनिने कृष्णकुमार मुखिया प’क्राउ परेपछि ह’त्याको रहस्य खुलेको छ । पक्राउ परेका आ’रोपितहरू वि’रुद्ध बुधबार जिल्ला अदालतबाट १५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ ।
उनीहरूमाथि कारवाही माग गर्दै मृ’तक सुरजका बुवा जानो साह स्वर्णकारले दिएको उ’जुरी बुधबार दर्ता गरिएको छ । फलामको गह्रुँगो ह’तियारले कु’टपि’ट गरेर ह’त्या गरिएको अवस्थामा सुरजको श’व वैशाख १ गते भारदहस्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा फेला परेको थियो ।
![]()
घटनाबारे अनुसन्धान गर्न धनुषाको प्रहरी चौकी लालगढबाट वैशाख १ गते तालिम प्राप्त कुकुर मगाइयो । ल’कडाउन कार्यान्वयनमा व्यस्त रहेको प्रहरीले मृ’तकका मिल्ने नजिकका साथीहरूलाई निग’रानीमा राखेकाले घटनाको रहस्य खुलेको एसपी कृष्ण प्रसाईले बताए ।
घ’टना यसरी भयो
लक’डाउनका कारण चैत ३० गते सम्साँझै सुनसान थियो । प्रहरीका अनुसार नयाँ वर्षको अघिल्लो रात चारजना साथीहरूले कुखुरा लगायत चो’री गरेर नयाँ वर्षमा रमाइलो गर्ने योजना बनाए । राति खाना खाएपछि योजना अनुरूप चो’रीका लागि ताला फु’टाउने क’टर, खु’करी र समान ओसार्न चाहिने बोरा ल्याउने जिम्मा सुरजको थियो । गाउँकै बगैचामा भेला भएपछि सबैले गाँ’जा र सो’नपिच नामक सुलेसन (न’शा) से’वन गरे ।

चो’री गर्ने योजना बमोजिम कंकालिनी मन्दिर भारदह अगाडि चोकमा बसेका बेला सुजितले जिस्किएर ‘ढिला भइसक्यो, चो’री गर्न जाऔं’ भन्दै सुरजको टाउकोमा क’टरले विस्तारै प्र’हार गरेको जोडले लागेछ, उनी ढ’ले । न’शामा बे’होस भएका सबैले लात र फलामको क’टरले हि’र्काएपछि सुरजको मृ’त्यु भएको ठानी उनीहरूले बोरामा कसेर पालैपालो बोकेर कोशी बाँधको बाटो छेउ खेतको बाटो हुँदै भलुवातर्फ लगे ।
प’क्राउ परेका आरोपितहरूले प्रहरीसँगको प्रारम्भिक बयानमा बोराभित्र चलमलाएपछि जिउँदै रहेको ठानी खु’कुरीले टाउको र अनुहारमा प्र’हार गरेर ह’त्या गरेको र बाटो छेउमै झाडीमा फा’लेको बताएका छन् । भाग्ने क्रममा उनीहरूले बोरामा आ’गो लगाएर हिंडे । ह’त्यामा प्रयोग भएको खु’कुरी हँसिया दहको पानीमा मिल्काए ।

गाउँदेखि पश्चिमतर्फ निर्माणाधिन घर छेउ रहेको झुग्गीमा तीनै जना भेला भई पुनः सु’लेसन सेवन गरे । फलामको क’ट्टर आकर्षक भएको र जस्तो सुकै ताला पनि फुटाउने भएकाले आरोपितहरू लोभिए र जु’ग्गीमा कपडाले छोपेर लुकाएर राखे ।चैत ३० गते सुरजलाई लिन गएका बेला सुरजकी आमाले सडकमा कृष्णलाई देखेकी थिइन । यो कुरा कृष्णलाई थाहा थिएन। उनीहरूले ज’लाएको बोरा पुरै ज’ल्न पाएन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी मकेन्द्रकुमार मिश्रले भने,‘ह’त्या स्विकारेका आ’रोपि’तहरूले बताए अनुसार खुकुरी, आधा जलेको बोरा, डोरी, ताला फुटाउने कटर फेला परेको छ ।’ मिल्ने साथीहरूका बीच पहिले कुनै मन’मु’टाव नभएको र न’शाको बे’होसीमा दु’र्घटना भएको वयान दिएकाले ला’गु औ’षध नै ह’त्याको मुख्य कारण भएको डिएसपी मिश्रले बताए ।अन्नपूर्ण पोष्ट बाट


