त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी तिब्र; सेवा सुरु गर्ने तयारी हो ?

३० वैशाख, काठमाडौं । डेढ महिना नाघ्यो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुले जहाजमा चढी आफ्नो गन्तब्यमा जान नपाएको । कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि सरकारले चैत पहिलो साताबाटै अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगायो । ११ चैतमा लकडाउन शुरु भएपछि भने आन्तरिक उडान समेत बन्द भयो । त्यसयता विमानस्थलमा आकस्मिक रुपमा हुने चार्टर्ड तथा रेस्क्यू उडानबाहेक अन्य उडान बन्द छन् ।

पछिल्लो समय १८ जेठसम्म व्यवसायिक उडान बन्द छ । कहिलेसम्म उडानमा प्रतिबन्ध थप हुन्छ, निश्चित छैन । तर, त्रिभुवन विमानस्थल कार्यालयले भने विमानस्थल खुल्नासाथ सामाजिक दूरी कायम गरी सेवा सन्चालन गर्ने तयारी थालेको छ । सोहीक्रममा अहिले धमाधम मार्किङ शुरु गरिएको छ । अब तोकिएको स्थानमा मात्र यात्रु उभिनुपर्ने भएको छ । त्यसो त वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत हवाई सेवा सन्चालनका लागि सुरक्षा निर्देशिका बनाएर लागु गर्ने तयारी गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा सन्चालनमा ल्याउने तयारी विमानस्थलले गरेको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा पार्किङ क्षेत्र हुँदै जाने बाटो, टिकट लिने ठाउँ, लगेज संकलन गर्ने ठाउँलगायतमा मार्किङ गरिएको छ । यो तयारी हेर्दा आन्तरिक उडान १८ जेठपछि सन्चालनमा ल्याउने तयारी भइरहेको समेत बुझिन्छ ।

अनलाइनखबर बाट 

३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङ काठमाडौँबाहिर जानुपर्ने

Previous articleसौतेनी आमाले खान-लाउन नदिएपछि बन्चरो प्रहा’र गरि आमा बाबुकै गरी वि’भत्स ह’त्या
Next articleमंगलबार एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।