गौरादह उद्योग वाणिज्य संघको अध्यक्षमा जितबहादुर

0
30

दमक । गौरादह उद्योग वाणिज्य संघको अध्यक्ष युवा व्यबसायी जितबहादुर कार्की चयन भएका छन । ३ बर्से कार्यकालको लागि ब्यबसायीहरुको भेलाले कार्की लाई सर्ब सम्मत अध्यक्षमा चयन गरेको हो । कार्कीको अध्यक्ष भएपछी वाणिज्य संगले फड्को मार्ने ब्यापारीहरुले बिस्वास लिएका छन ।

वाणिज्य संघको प्रथम उपाध्यक्षमा भुपालराज कटुवाल, दितिय उपाध्यक्षमा निर्मल बास्तोला, तृतीय उपाध्यक्षमा बिरेन्द्र बस्नेत, महासचिबमा असोक चुडाल र कोसाध्यक्षमा प्रकाश बास्कोटा चयन भएका छन । यस्तै सदस्यहरुमा , चन्द्रमणि गौतम, हरि कार्की, टक बहादुर कार्की, किस्न प्रसाद बराल, सोमराज बिक, इस्वर कुमार खत्री र समीर बस्नेत रहेका छन ।

यस्तै महिला सदस्यमा इन्दिरादेबि बिष्ट, रुकमणि लुइँटेल रहेका छन भने लेखामा सन्योजक भुपालमान कार्की र सदस्यमा योगमाया दङगाल र ज्ञानबहादुर कटुबाल रहेका छन । उहाहरुलाइ आजै सपत ग्रहण गराइएको छ ।

निवर्तमान अध्यक्ष जीवन राइको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख रोहित कुमार शाह, दमक उवासङ अध्यक्ष गोकुल श्रेष्ठ, केन्द्रिय सदस्य उमेस डालमिया, स्थानिय समाजसेवी यादप राज सेडाइ मित्रदेब काफ्ले लगायतले ब्यापारीहरु आफ्नो हकहितका लागि जुट्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमको सन्चालन बद्री कार्की र स्वागत डण्डिराज घिमिरेले गरेका थिए ।

The post गौरादह उद्योग वाणिज्य संघको अध्यक्षमा जितबहादुर appeared first on Purbeli News.

कृष्ण बहादुरलाई मा’रेपछि सुट्केसमा ला’स हालेर फ्या’क्ने कल्पनालाई बा’चुन्जेल जे’ल

Previous articleप्रजातन्त्र केही टाढाबाठाहरुका लागि मात्र होइन : पूर्व राजा शाह
Next articleअतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी