खुशीको खबर: कोरोना परिक्षण गर्ने किट नेपालमै बन्यो, परिक्षण गरिदै, सफल भए देशको करोडौ रकम जोगिने

कोरोना भाइरसको संक्रमण परीक्षण गर्नका लागि जरुरी पर्ने भिटिएम किटको परीक्षण उत्पादन नेपालमै सुरू भएको छ।वीरगंजमा रहेको एभरेष्ट प्यारेटेन्टल्स प्रालिले भिटिएम किटको उत्पादन गरेको हो। कम्पनीले उत्पादन गरेको परीक्षण सफल भएपछि त्यसको जानकारी औषधि व्यवस्था विभागलाई गराएको र थर्ड पार्टी परीक्षणका लागि अन्यत्र पठाइएको एभरेष्ट प्यारेन्टेटल्सका वरिष्ठ फर्मासिस्ट विवेकसिंह महतले बताए।

‘विश्व स्वास्थ्य संगठनको नियम अनुसार विश्वसनियताका लागि थर्ड पार्टी परीक्षण गर्नुपर्छ। त्यसैले हामीले मान्यताप्राप्त ल्यावमा पठाएका छौ। हाम्रो परीक्षण सफल हुन्छ भन्नेमा हामी विश्वस्थ छौ’, महतले भने,’परीक्षण सफल भएपछि हामीले दैनिक १५ हजार भिटीएम किट उत्पादन गर्न सक्छौ। त्यसपछि नेपालले बाहिरबाट किट ल्याउनुपर्दैन।’

कोराना भाइरसको संक्रमण भए-नभएको विश्वसनिय परीक्षण(पिसिआर)का लागि भिटिएम किट अत्यावश्क पर्छ।पिसिआर मेसिनको नेपालमा अभाव नभएपनि किटको अभावका कारण पर्याप्त परीक्षण हुन सकिरहेको छैन। कोराना भाइरसको संक्रमण भए-नभएको विश्वसनिय परीक्षण(पिसिआर)का लागि भिटिएम किट अत्यावश्क पर्छ।पिसिआर मेसिनको नेपालमा अभाव नभएपनि किटको अभावका कारण पर्याप्त परीक्षण हुन सकिरहेको छैन।
जनता समाजवादीले फिर्ता बोलायो ३ जना मन्त्रीलाई, प्रस्तावित नयाँ मन्त्रीको नाम सिफारिस


