मन्त्रीको विवादित भाषण : कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन, यो संगै बाँच्न सिक्नुपर्छ

मन्त्रीको विवादित भाषण : कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन, यो संगै बाँच्न सिक्नुपर्छ

जकार्ता : इन्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेपछि विवादित बनेका हुन् । सामाजिक रुपमा यससँग नडराउन पनि उनको आग्रह थियो । इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् । साथै उनको अभनाइप्रति आपत्ति जनाएका छन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत उक्त अभिव्यक्ति दिएका थिए ।

यही मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए, ‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’

महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भत्र्सना गरेका छन् । इन्डोनेसियन सरकारले सामाजिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । जहाँ कोरोनाभाइरसका संक्रमितको संख्या २४ हजार पुगेको छ । १ हजार ४ सय ९६ जनाको मृत्यु भइसकेको छ ।

६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै

Previous articleखुशीको खबर: विदेशका नेपालीलाई उद्धार गर्ने कार्ययोजना बन्यो, अब एक हप्तामा काम सुरु हुने
Next articleनवराजलाई यति ठुलो आ’रोप: मलाई गाँ’जा खान सार्है क’र गर्थ्यो – सुस्माकी भाई (भि’डियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।