ट्रकमा चट्याङ लाग्दा सिरहामा चालकको मृत्यु

सिरहामा रोकिराखेको ट्रकमा चट्याङ लाग्दा चालकको मृत्यु भएको छ। मिर्चैया नगरपालिका–१ मा अवस्थित सौर्य सिमेन्ट उद्योगमा सिमेन्ट लोड गरिरहेका बेला ना ५ ख ३७२१ नम्बर ट्रकमा चट्याङ लाग्दा रौतहट चन्द्रपुर–८ का ४३ वर्षिय नेत्रप्रसाद गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकका चालक हुन्।

सिमेन्टलाई हावापानीबाट जोगाउन ट्रकमा तिरपाल बाँधिरहेका बेला शुक्रबार साँझ हावाहुरीसँगै परेको चट्याङ लाग्दा गौतमको मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाइते भएका गौतमको सिरहाको कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

https://ujyaalonepalnews.com/archives/27051

Previous article१०६ दिनमा सातौंपटक मन्त्रिपरिषद् विस्तार; तर अझै पूर्णता पाउन सकेन
Next articleएसइई परीक्षामा क्रियापुत्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।