फेरी अर्को दु:खद घ टना: भारतबाट आएकालाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णालीमा खस्यो, ३ जनाको श व भेटियो ३३ बे पत्ता

फेरी अर्को दु:खद घ टना: भारतबाट आएकालाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णालीमा खस्यो, ३ जनाको श व भेटियो  ३३ बे पत्ता

कालिकोट : कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर बुधवार बिहान कर्णालीमा खसेको हो । दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् । कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको स्थानीय दिलबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै थियो । दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् । रास्कोट जानका लागि साना गाडी मात्र उपलब्ध भएको र भारतबाट आएकाहरुको संख्या धैरै भएपछि टिप्परमा राखेर लगिदैं थियो ।

क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको अनुमान छ । ‘मान्छे बोकेर लिएको टिपर दुर्घटना भएको रहेछ, ३९ जना त्यसमा भएको प्रारम्भिक जानकारी आएको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले । भने, ‘तीमध्ये ६ जनाको उद्धार भएको छ, टिपर नदीमा डुबेको भन्ने खबर आएको छ।’ यद्यपी घटनाको थप विवरण आउन बाँकी छ ।

युएईमा रुम पार्टनरले छुरा हान्दा मेखराजको ज्यान गयो

Previous articleकालिका र भरतपुरमा गरि थप २ जनामा कोरोना संक्रमण: कालिकाका संक्रमित बारे यस्तो छ जानकारी
Next articleरुपन्देही घ टना: आफुले ५ जनाको ह’त्या गरेको स्वीकार गर्दै भने यस्तो गर्नुको कारण !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।