कालिका र भरतपुरमा गरि थप २ जनामा कोरोना संक्रमण: कालिकाका संक्रमित बारे यस्तो छ जानकारी

कालिका र भरतपुरमा गरि थप २ जनामा कोरोना संक्रमण: कालिकाका संक्रमित बारे यस्तो छ जानकारी

उज्यालो नेपाल, जेठ २८- चितवनमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ! भरतपुर अस्पतालले  दिएको जानकारी अनुसार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ वस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमण पुष्टि भएकाहरु क्वारेन्टिनमा बस्दै आएका थिए ।

कालिकाका संक्रमित केहि दिन अघि भारतको केरला बाट आएको र खोलेसिमल बजार नजिकैको रेडक्रसग्राम स्कुलमा रहेको क्वारेन्टाईनमा रहेको जानकारी कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले जानकारी दिनुभयो! यसअघि सोमबार एकैदिन चितवनका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु मध्य २२ जनाको अहिले कोरोना अस्पतालमा उपचार भइरहेको छ । एक जना कोरोना संक्रमित पुरुषको भने हिजो नै मृत्यु भइसकेको छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । यस्तै आज नै भरतपुरमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीका गैंडाकोटका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये गैंडाकोटा नगरपालिका–१३ का १३ वर्षीय पुरुष र वडा नं.१४ का २६ वर्षीय रहेका छन् ।

यस्तो छ भरतपुर अस्पतालले दिएको जानकारी 

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा मिति २०७७ जेष्ठ २५ र २६ गते प्राप्त भएका नमुना मघ्ये १३७ वटा नमुनाको RTPCR परिक्षणको क्रममा १३३ वटा नमुनाको नतिजा नेगेटिभ (Negative ) रहेको छ। बाकि ४ मध्ये गैडाकोट न.पा. १३ र १४वस्ने बर्ष २३ र वर्ष २६का पुरुष को पोजेटिभ पुष्ठी भएको छ ।साथै कालिका -६ जुटपानी का वर्ष २० का पुरुष र भरतपुर -५ वस्ने वर्ष २८ का पुरुषमा पनि कोभिड-१९ पोजेटिभ पुष्ठी भएको छ।

राप्रपा नेपालका उपाध्यक्ष राजेन्द्रवीर राय एमाले प्रवेश

Previous articleराजा बिरेन्द्रकी छोरी श्रुतीबारे थाहा नभएका यी ४ अ’ चम्मका रह’स्यहरु, कस्ती थीइन उनी ? (हेर्नुहोस भिडियो)
Next articleफेरी अर्को दु:खद घ टना: भारतबाट आएकालाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णालीमा खस्यो, ३ जनाको श व भेटियो ३३ बे पत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।