१६० फिट गहिरो खन्दा सुन जस्तै धातु भेटिए पछी चितवनमा हङ्गामा; सुन नै भएको स्थानीयको दाबी

चितवनको कालिका नगरपालिकाको वडा नं. १ मा सुनखानी भेटिएको खबर एका विहानै फैलियो, गाउँभरीका स्थानीयहरु सुनखानी हेर्न जम्मा भए । स्थानीय सन्तवीर स्याङताङको जग्गामा डिप बोरिङ खन्ने क्रम चल्दै थियो । झण्डै १ सय ६० फिट गहिराई खनेपछि बालुको स्वरुप परिवर्तन हुँदै गयो । त्यतिबेला सम्म कसैलेपनि वास्ता गरेनन । डिप बोरिङ खन्ने काम सकियो, बोरिङ खन्दा बाहिर निकालिएको बालुवाको डिस्को बाँकी रह्यो । अस्ति दिउँसो पानी परेपछि बालुवाको ढिस्को वर्षाले विस्तारै भत्काउन थाल्यो । पानी रोकिएपछि बालुवाको माथी सुनजस्तै देखिने स–साना कर्णहरु टल्कीन थाल्यो ।

सन्तवीरकी धर्मपत्नीले बालुवाबाट सुन निकालेको भिडियो यूटुबमा हेरकी थिइन । उनलाई सुनहुन सक्ने आशंका लाग्यो । कालिका नगरपालिकाका वडा अध्यक्ष लिलावहादुर गुरुङलाई खबर गरिन । यो खवर विस्तारै गाउँभरी हल्ला भयो । वडा अध्यक्ष सुनखानी भेटिएको भनिएको ठाउँमा पुगे । उनले पटक पटक बालुवा धोए, पखालेर हेरें । अन्य बालुवाहरु भन्दा बोरिङ खन्दा निस्केको बालुवाको प्रकृति भिन्न थियो ।

झट्ट हेर्दा सबैले सुन नै भएको अनुमान गरे । वडा अध्यक्षले पनि यो सुन नै हुन सक्ने आशंका व्यक्त गरे। पछि सुन पसलमै काम गर्ने सुनारलाई बोलाएर देखाए । उनलेपनि सुननै भएको प्रतिकृया दिए । त्यतिबेला सम्म सुन भेटिएको खबरले जताततै चर्चा चल्न थाल्यो ।

गाउँका स्थानीयहरु डिव बोरिङ क्षेत्रका बालुवा हेर्न र कतिपयले घरै लैजान थाले । वडा अध्यक्षले कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई जानकारी गराए । कालिका नगरपालिकाका प्रमुख श्रेष्ठ नगरपालिकाका कार्यकारी अधिकृत यज्ञ पुरी सहितका टिम लिएर सुन भेटिएको भनिएका ठाउँमा पुगे । उनीसँगै पदमपुर प्रहरी चौकीका प्रमुख सँगै दुईजना प्रहरीहरु पनि सो स्थानमा पुगे ।

नगर प्रमुख श्रेष्ठले आफ्नै वडामा सुन भेटिएको कुरा सुन्दा सुरुमा अच्चम लाग्यो । आफु प्रत्यक्ष आएर हेर्दा खोला नदी क्षेत्रमा बालुवा चालेर सुन निकालेको देख्दा र यहाँ निस्किएको बालुवा देख्दा सुन नै हुन सक्ने अनुमान गरें । र उनले सोही ठाउँबाट चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई जानकारी गराए ।

उसो त सुनखानी भेटिएको भनिएको स्थानमा पुगेका वडा अध्यक्ष, स्थानीय देखि नगरप्रमुखलाई मात्रै होइन, प्रहरीलाई पनि सुन नै हुन सक्ने लागेको छ । उनले प्रहरीको माथिल्लो तहलाई त्यहाँको बस्तु अवस्थाको बारे जानकारी गराए । स्थानीयले सुन भेटिएको दावी गरेपनि पुष्टि भएको छैन । यसलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन अनुसन्धान गर्नुपर्ने उनीहरुको भनाई छ ।

सिन्धुपालचोक टोल विकास संस्थाका अध्यक्ष समेत रहेका जग्गा धनी सन्तवीरले बोरिङ खन्दा निस्किएको सुनजस्तै देखिने खनिजलाई थप अनुसन्धान गर्न सरलाई आग्रह गरे । सुन नै भेटियो भने त यसले नेपाल र नेपालीलाई खुशीको खबर हुने भन्दै यो कार्यलाई सके सम्म छिट्टो कार्यान्वयन गर्न सुझाव दिए ।

सुनखानी भेटिएको विषयलाई चितवनका प्रमुख जिल्ला अधिकारीले पनि चासो लिएका छन् । समय मिलाएर सुनखानी भेटिएको भनिएको ठाउँको स्थलगत अध्ययन अवलोकन गर्ने उनको तयारी छ । सम्भवत आजै अपरान्हको समयमा प्रमुख जिल्ला अधिकारी सो क्षेत्रमा पुग्ने कार्यक्रम छ ।

नेपालका नदी किनारमा सुनको कण पाइने प्रतिवेदन आएको ८४ वर्ष पुग्यो। सुन खानीकै विषयमा तीनपटक अध्ययन समेत भइसक्यो। तर, उत्खनन्मा राज्यले चासो नदेखाउँदा गरगहना प्रयोजनका लागि वार्षिक करिब ३४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सात हजार दुई सय किलो सुन आयात भइरहेको छ। व्यापार घाटा बढ्नुमा सुन आयात पनि प्रमुख कारण हो।

सुनखानी भेटियो भनिएको ठाउँको चितवनका सिडिओले स्थलगत निरीक्षण गरे –

चितवन ४ असार । चितवनको कालिका नगरपालिकामा सुनखानी भेटिएको भनिएको ठाउँको प्रमुख जिल्ला अधिकारीले स्थलगत निरीक्षण गरेका छन् । कालिका नगरपालिकाको वडा नं. १ मा सुनखानी भेटिएको भन्ने खबर सुनेपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले आज विहानै स्थलगत निरीक्षण गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी संगै जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, कालिका नगरपालिकाका प्रमुख ( मेयर) खुमनारायण श्रेष्ठ लगायतले स्थलगत निरीक्षण गरेका हुन । बालुवामा सुनजस्तै देखिने कर्णको विषयमा चौतर्फी चासो बढेको छ ।

निरीक्षण पछि स्थानीयले सुन भेटिएको भनिएको ठाउँलाई तत्कालका लागि यस्तै अवस्थामा राख्न प्रमुख जिल्ला अधिकारीले आग्रह गरे । वडा अध्यक्ष लिलावहादुर गुरुङलाई यो ठाउँमा निगरानी बढाउन समेत उनले सुझाव दिए । यो विषयमा थप अध्ययनका लागि केन्द्रीय स्तरमा पहल गर्ने प्रतिवद्धता समेत जनाए । पिबिएम न्युज बाट/ शिर्षक सम्पादन गरिएको 

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भोलि, पहिलो दिन अन्तरराष्ट्रिय उडान भने नहुने

Previous articleकतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको श’व आउँदै, सरकारले घरसम्म पुर्‍याइदिने
Next articleराति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध, १५ जनाभन्दा बढी भेला हुन नपाइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।