कतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको श’व आउँदै, सरकारले घरसम्म पुर्‍याइदिने

कतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको श’व आउँदै, सरकारले घरसम्म पुर्‍याइदिने

काठमाण्डौ – कतारबाट आज २० नेपालीको श’व ल्याइने भएको छ । कतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको श’व दिउँसो काठमाण्डौ आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएको श’व वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली दूतावासको समन्वयमा मृतकका सम्बन्धित रोजगारदाताले पठाइदिएका हुन् ।

उनीहरुमध्ये १३ जनाको श’व बुझेर बोर्डले मृतकको घरसम्म निःशुल्क पुर्‍याइदिने छ भने सात जनाको काठमाण्डौमै अ’न्त्येष्टि गरिने आफन्तले बताएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । यस्तै आजै कुवेतबाट नेपाली लिएर आउने जजिरा एअरले पनि २ वटा श’व ल्याउनेछ । नुवाकोटकी सोनी तामाङ र संखुुवासभाका मानबहादुर आलेको श’व कुवेतबाट आउँदैछ ।

यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बा नुर्बू शेर्पाको श’व नेपाल एअरलाइन्समार्फत आउँदैछ । त्यहाँ स’मस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि गएको नेपाल एअरलाइन्सको चार्टर्ड जहाजले एउटा श’व पनि ल्याउँदैछ । आजै साउदीको दमामबाट आएको हिमालय एअरलाइन्सको चार्टर्ड जहाजले पनि एउटा श’व ल्याएको छ । यसअघि कुवेतबाट ३, ओमानबाट १ र यूएईबाट १ जनाको श’व ल्याइएको छ ।

शव घरसम्म बोर्डले पुर्‍याइदिने

विदेशबाट ल्याइएका श’व वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने गर्छ । त्यसका लागि परिवारले नै काठमाण्डौ आएर निःशुल्क श’व ढुवानीका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । तर अहिले कोरोनाको कारण उपत्यका बाहिरबाट काठमाण्डौ आउन सम्भव नभएकाले बोर्ड आफैंले विदेशबाट ल्याइएका श’व बुझेर सम्बन्धित घरसम्म पुर्‍यायइदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बोर्डका अनुसार खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया र अन्य देशमा गएको शुक्रबारसम्ममा २७२ पुरुष र १४ जना महिला गरी २८६ जनाको ज्यान गएको छ र श’व उतै रोकिएको छ । सबैभन्दा बढी साउदीमा ८० जनाको ज्या’न गएको छ ।

त्यसपछि यो अवधिमा मलेसियामा ६० जना, यूएईमा ६३ जना, कतारमा ४१ जना, कुवेतमा १७ जना, बहराइनमा ७ जना, ओमानमा १ जना, दक्षिण कोरियामा पाँच जना र अन्य विभिन्न देशमा ज्यान गु’माउनेको संख्या १२ छ । बोर्डका अनुसार शुक्रबारसम्ममा मृतकमध्ये ९७ का परिवारले गन्तव्य देशमै अ’न्त्येष्टिका लागि अनुमति दिएका छन् ।

शवको सूचि:

१.युवराज अधिकारी मोरङ कोसी हरैँचा
२. मीनबहादुर थापा भोजपुर देउराली
३. नरबहादुर कामी सुर्खेत सहारे
४.मंगलबहादुर तामाङ भोजपुर तुङगेछा
५.सुकराम थारु बर्दिया मोतिपुर
६.अरुणकुमार पंजियार सर्लाही इश्वरपुर
७.शिवशंकर राउत महोत्तरी दम्ही
८.चुतर्वा मण्डल धनुषा भरतपुर
९.जितेन्द्र थापामगर मकवानपुर भीमफेदी
१०.यामबहादुर थापा रुपन्देही देवदह
११.कासिदेव यादब सिराहा सुखचैना
१२.सधोवाका पासवान सर्लाही
१३.अनिल चौधरी महोत्तरी औरही
१४. महमुद अलमान मुसलमान कपिलबस्तुको दोहनी
१५.मुस्ताक साइक सर्लाही हरिवन
१६.रुपेशकुमार मण्डल सिराहा परासी
१७.कुम्बा तामाङ लमजुङ धोदेनी
१८.भक्तबहादुर थापामगर बाँके रझेना
१९.राजेन्द्रप्रसाद मण्डल सप्तरी लोहताराका

हरेक क्षेत्रमा एक्स्पर्ट टिम तयार गरेर विकासमा होमिन्छौ: सांसद ढकाल

Previous articleलद्दाख त’नाबका बीच नेपाली आर्मी चिफको सीमाक्षेत्र भ्रमणले भारतमा तरङ्ग
Next article१६० फिट गहिरो खन्दा सुन जस्तै धातु भेटिए पछी चितवनमा हङ्गामा; सुन नै भएको स्थानीयको दाबी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।