राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध, १५ जनाभन्दा बढी भेला हुन नपाइने

राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध, १५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । यही असार १ गतेदेखि कोरोनाभाइरस कम प्रभावित क्षेत्रमा लकडाउन खुकुलो बनाएको सरकारले अब राति हुने पैदल र सवारी साधनबाट हुने आवतजावतलाई कडाइ गरेको हो । यद्यपि अत्यावश्यकीय सेवाको हकमा भने लागू हुने छैन ।

लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ गर्दै गृहमन्त्रालयले यसबारे सुरक्षा निकाय र सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।साथै सामाजिक कार्यमा पनि १५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने भएको छ । मन्त्रालयले गरेको पत्राचारमा विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नदिनु भनिएको छ ।

काममा बाहिर निस्कँदा वा कार्यस्थल, सार्वजनिकस्थल लगायतका स्थानमा रहँदा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्न र गराउन तथा नियम पालना भए नभएको अनुगमन गर्न पनि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।

सन्दीपलाई देखियो डिप्रेसनको समस्या: जेलभित्रै दिन थालियो मनोपरामर्श

Previous article१६० फिट गहिरो खन्दा सुन जस्तै धातु भेटिए पछी चितवनमा हङ्गामा; सुन नै भएको स्थानीयको दाबी
Next articleदुबई बाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।