दुबई बाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती !

दुबई बाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती !

काठमाडौं। संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड बिमान उडेको छ । १ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज केहीबेरअघि उडेको हो। आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् ।

उडानमा १० जना बिभिन्न रो’गका कारण बि’रामी छन् भने १० जना रोजगारदाता भागेपछि अ’लप’त्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ। फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् । गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन्।

आज उडेको विमानमा एक जनाको श’व पनि नेपाल पठाइएको छ। गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्या’न गु’माएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको श’व नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो।

आज विभिन्न देशबाट चार सय १४ जना नेपाली स्वदेश फर्किएका छन् । कुवेतबाट जजिरा एअरमार्फत एक सय ५० जना, ओमानबाट सलाम एअरमार्फत एक सय ४६ जना, दोहाबाट कतार एअरमार्फत एक जना र मलेसियाबाट हिमालय एअरमार्फत एक सय १७ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

यसैगरी आज नेपालबाट चार वटा हवाइजहाज विभिन्न देशमा गएका छन् । त्रिभुवन विमानस्थलका अनुसार १५ जना नेपाली र एक जना विदेशी लिएर हिमालय एअर मलेसिया गएको छ । १३ जना बालबालिकासहित दुई सय ६३ जना यात्रु लिएर कतार एअर दोहा गएको छ । चार जना विदेशी लिएर हिमालय एअर दमाम र नेपाल एअरलाइन्सको जहाज यात्रु विना नै दुबई गएको छ । यस्तै आन्तरिकतर्फ तारा, सीता, एअर डाइनेस्टी, बुद्ध र मनाङ एअरले ६ वटा उडान गरेका छन्।

अनुरोध: यस समाचारलाई लिएर सामाजिक सञ्जालमा भइरहेको नकारात्मक टिका टिप्पणी प्रति उज्यालो नेपालको ध्यानाकर्षण भएको छ। विदेशमा गर्भवती हुने वित्तिकै त्यसलाई अत्यन्तै नीच स्तरको सोच्ने सोच बाट माथि उठ्न जरुरी छ। समाचारमा ” गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन्। ”  भनेर उल्लेख  हुँदा हुँदै पूरा समाचार पढ्दै नपढी आफ्नो धारणा बनाई अतिरञ्जित गर्ने प्रति खेद प्रकट गर्दछौं। लाखौं नेपाली जोडी युएई मा संगै बसेर रोजगारी गर्छन् भन्ने कुरा सबैले बुझ्न जरुरी छ। – सम्पादक

विदेशबाट फर्किनेलाई २ वटा मोबाइल ल्याउन दिन प्रधानमन्त्रीको निर्देशन

Previous articleराति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध, १५ जनाभन्दा बढी भेला हुन नपाइने
Next articleखुशीको खबर: चितवनका युवाले बनाए इलेक्ट्रिकल कार, १ पटक चार्ज गर्दा १२० किमी गुड्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।