हिमालय एअरलाइन्सले १७, १८ र २० जुलाईमा कतार बाट गर्ने उडानका लागी यात्रुहरुको नाम लिस्ट

हिमालय एअरलाइन्सले १७, १८ र २० जुलाईमा कतार बाट गर्ने उडानका लागी यात्रुहरुको नाम लिस्ट

उज्यालो नेपाल, असार ३१- कोरोनाबाट प्रभावित कतारका नेपाली बोकेर हिमालय एअरलाइन्सको जहाज १७, १८ र २० जुलाईमा नेपाल आउने भएको छ । कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि हिमालय एअरलाइन्सले अर्को उडान १७, १८, २० जुलाईमा गर्ने भएको हो । यसबारेमा नेपाली दूतावास कतारले जानकारी गराउँदै उक्त उडान मार्फत नेपाल आउने नेपालीहरुको नामावली पनि सार्वजनिक गरेको छ! तपाई पनि तल राखिएको नाम लिस्ट हेरेर सबैको जानकारीको लागी सक्दो शे-यर गर्नुहोला !

यस्तो छ दुताबासको सुचना

हिमालय एयरलाइन्सको १७, १८ र २० जुलाई २०२० का उडानका लागि यात्रुहरुको सूची

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि हिमालय एयरलाइन्सको थप उडानहरु १७, १८ र २० जुलाई २०२० का लागि तय भएको जानकारी प्राप्त भएको छ । तसर्थ, राजदूतावासको वेवसाईटमा नेपाल फर्कने फारम भरेर तथा प्राथमिकता सूचीको १ देखि ७ सम्मका व्यक्तिहरुले विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप संलग्न सूचीमा नाम भएका व्यक्तिहरुले टिकट खरिदका लागि उक्त एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ :

Cleopatra Travels, Doha,
(D-Ring Road
Building No 51, Area No 45,
Area: Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: Tel+974 44435333

उल्लेखित सूची स्वीकृतिका लागि कतारको गृह मन्त्रालयमा पठाइएको छ । स्वीकृति प्राप्त नभएका व्यक्तिको हकमा स्वीकृति प्राप्त भएपछि मात्र यात्रा गर्न सकिने छ । उक्त एयरलाइन्सको यस अघिका उडानका लागि प्रकाशित सूचीमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत माथिका उडानहरूका लागि टिकट काट्न सकिनेछ भने यी एडानहरुका लागि टिकट काटन छुटेमा आगामी दिनमा तय हुने उडानमा टिकट काट्न सकिनेछ ।

Ehteraz App प्रयोगमा नल्याएको व्यक्तिले उडान गर्न नसक्ने हुनाले सम्बन्धित सबैले आफ्नो मोबाईलमा Ehteraz App अनिवार्य रुपमा डाउनलोड गरी प्रयोगमा ल्याउनुहुन समेत अनुरोध छ। त्यसैगरी रोजगारदाताले Escape Report दर्ता गरेका व्यक्तिको हकमा एअरलाईन्सबाट Itinerary सहितको हवाईटिकट लिएर Search and Follow up Department मा आफै गई उक्त हवाई टिकटमा सो Department को छाप लगाई अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने व्यहोरा समेत सबैमा अनुरोध छ । हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम अमेरिकी डलर ३९२।- (कतारी रिया १,४३०।-) रहेको छ ।

२०७७।३।3१ नेपाली राजदूतावास, दोहा ।

नाम लिस्ट हेर्न याँहा क्लिक गर्नुहोला 

मोरङमा १० करोडको लागतमा कृषि फर्म सञ्चालन 

Previous article१७, १८ र २० जुलाईमा कतार बाट हुने नेपाल एयरलाइन्सको उडानका लागि यात्रुहरुको सूची
Next articleसाउने सोमबार नुहाउन देवघाट जानेलाई दुखको खबर: यसपाली देवघाट जान नपाईने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।