चितवन निकुन्जले सुकुम्बासीको घर हात्ती लगाएर भत्काएर आगो लगायो

चितवन निकुन्जले सुकुम्बासीको घर हात्ती लगाएर भत्काएर आगो लगायो

भरतपुर, ४ साउन- माडी नगरपालिकाले वडा नम्बर ९ कुसुमखोलामा रहेका सुकुमबासी चेपाङका घर निकुञ्जले भत्काएको भन्दै भत्र्सना गरेको छ । मेयर ठाकुरप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा ‘सुकुमबासी चेपाङ वस्तीलाई स्थानान्तरण गरि व्यवस्थापन गर्ने थालेको काममा अवरोध’ गरेको आरोप लगाइएको छ । चितवन राष्ट्रिय निकुञ्जले २ वटा घरमा आगो लगाउने र ८ वटा घर हात्ती लगाएर भत्काउने काम गरेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

२०५३ सालदेखि बस्दै आएको बस्तीमा कुनै समन्वयसमेत नगरी निकृष्ट र अमानिवय काम गरेको जनाएको छ । मेयर ढकालले विज्ञप्तिमा ‘उपयुक्त अर्को विकल्प विनै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीय कार्य’ भएको उल्लेख छ । ‘

घरबारविहिन बनाइएका ती सुकुमबासी चेपाङको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । यसैबीच, नेकपा माडी नगर कमिटिले घटनाको भत्र्सना गरेको छ । निकुञ्जको जनविरोधि काम गरेको भन्दै क्षती पुगेका घरको तत्काल क्षतीपूर्ति दिन माग गरेको छ ।

कमिटिका अध्यक्ष प्रभुप्रसाद महतोले वक्तव्य जारी गरेका छन् । दाङबहादुर प्रजा, दिपबहादुर चेपाङको घरमा आगजनी भएको थियो । अन्य ८ घरमा हात्ती लगाएर भत्काएको थियो । निकुञ्जले बेलाबखत बाँदरझुला र कुसुमखोला लगायतका ठाउँका अतिक्रमित वस्ती हटाउन सूचना निकाल्दै आएको छ ।

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ : चन्द्रप्रसाद ढकाल, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासङ्घ

Previous articleरवि लामिछाने पुगे प्रदेश नम्बर दुईमा, हेर्नुहोस् सार्वजनिक भएका ७ तस्बिर
Next articleसाउन २१ देखि आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको तयारी (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।