साउन २१ देखि आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको तयारी (भिडियो)

साउन २१ देखि आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको तयारी (भिडियो)

काठमाडौं, ४ साउन । कोरोना भाइरसले विश्वको अर्थतन्त्र थलिदा नेपालको अवस्थामा पनि उही छ । अझ सबैभन्दा ठूलो असर यस्ले पर्यटन क्षेत्रलाई पनि पारेको छ । नेपालले भिजिट नेपाल ट्वान्टी ट्वान्टी जस्तो २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनाको ढोकामा पुगेर फर्कनु परेको पीडामा छ । नेपालले भोग्नु परेको यो क्षति अकल्पनीय छदैछ । तर नेपालको समग्र पर्यटन क्षेत्रलाई उठाउन सरकारले बजेटदेखि मौद्रिक नीतिसम्मका पानाहरुमा मेहनत गरेको छ ।

Photo Credit: aviationnepal.com

यसैक्रममा न्यूज २४ टेलिभिजनसंग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले मारमा परेको पर्यटन उद्योगलाई नयाँ ढंगले चलायमान गराउने तयारी सरकारले थालिसकेको बताउनु भएको छ । उहाँले यही क्रममा सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ ।

कोरोना संक्रमण फैलिन थालेपछि बन्द गरिएका आन्तरिक उडान साउन २१ गते देखि सञ्चालनमा ल्याउने र अन्तर्राष्ट्रिय उडान भदौ १ गतेबाटै सुरु गर्ने सरकारको तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । उहाँले मन्त्रिपरिषदमा साउन १५ गतेदेखि होटेलहरु खोल्ने र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालनको प्रस्ताव गरेको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री दाहाल इन्दोरमा

Previous articleचितवन निकुन्जले सुकुम्बासीको घर हात्ती लगाएर भत्काएर आगो लगायो
Next articleविदेशमा रहेका नेपाली बारे सरकारको नयाँ निर्णय: धेरै नेपाली रहेका देशमा उद्धार उडानलाई प्राथमिकता दिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।